काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली चलचित्र महाजात्रा हेर्न महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीका साथ ...
काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'मिस्टर भर्जिन'ले सन्तोषजनक व्यापार गरिरहेको छ। फिल्म हेरेका दर्शकले पनि फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। फिल्मको व्यापार र दर्शकबाट पाएको प्रतिक्रियाबाट निर्माण युनिट पनि सन्तुष्ट देखिन्छ।
फिल्मले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाकै कारण आजबाट उपत्यकाबाहिर 'मिस्टर भर्जिन'ले थप २३ हल पाएको छ। यस्तै, काठमाडौंका मल्टिप्लेक्सहरूमा पनि फिल्मका शोहरू थपिएका छन्। निर्देशक विशारद बस्नेतले दर्शकहरूबाट राम्रो प्रतिक्रिया आइरहेकै कारण हलहरू बढेको र आगामी दिनमा दर्शकको साथ रहने अपेक्षा गरे।
'वर्ल्ड वाइड फिल्म ड्रिस्टिब्युसन'को व्यानरमा निर्माण भएको यस फिल्मले केही भर्जिन पात्रहरूको यौन मनोविज्ञानलाई प्रस्तुत गरेको छ। फिल्ममा गौरव पहारी, मरिष्का पोखरेल, भोलाराज सापकोटा, कमलमणि नेपाल, विजय बराल, रवीन्द्र झा, सिर्जना सुब्बालगायतको मुख्य भूमिका रहनेछ।
खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी, विशारद बस्नेतको लगानी रहेको यस फिल्ममा सन्दीप उप्रेती र मनीष खत्री सहनिर्माता रहेका छन्। रामेश्वर कार्कीले खिचेको फिल्मलाई मिलन काप्रीले सम्पादन गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।