समाज

१३ घण्टापछि खुल्यो मुग्लिन–नारायणगढ सडक

फोटो : www.khabarchitwan.com
असार ९, २०७३

    रत्ननगर (चितवन) : चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ गाविस–६ स्थित सडकमा खसेको ठूलो पहिरो हटाइएपछि बिहीबार बिहान साढे १० बजेदेखि यातायात सञ्चालन भएको छ। 

    १३ घन्टापछि सडकको पहिरो पन्छाएर बाटो खुलाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। उक्त सडकको चार किलो र पाँच किलोको बीचमा गएराति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको थियो। 

    दुई वटा डोजरले पहिरो पन्छाएर बाटो खुलाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। 

    बाटो खुलेसँगै नारायणगढबाट काठमाडौं तथा पोखरा आवतजावत गर्ने सवारीहरु गन्तव्यतर्फ जान थालेका छन्। 

    बाटो खुलाइएपनि गाडीको लामो लाइन भएकाले सहज हुन केही घन्टा लाग्ने प्रहरीले जनाएको छ। सडक बन्द भएपछि मुग्लिन र चितवनको आँपटारी क्षेत्रमै गाडी रोकिएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]