काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५...
काठमाडौं : गत महिनाको कुनै दिन २० करोडको कारोबार पनि हुन नसकेको सेयर बजारमा यस साताको पहिलो दिन एक अर्ब निज कारोबार रकम पुगेकाे छ। आइतबार कारोबार रकम र नेप्से दुबै बढेका हुन्।
यसदिन नेप्से परिसूचक ११.६९ अंकले बढेर १२ सय ५६.५३ बिन्दुमा पुगेको छ। सम्पूर्ण क वर्गका कम्पनीहरूकाे काराेबारकाे मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.६६ अंकले बढेको छ।
समुहगत परिसूचक तर्फ सबैभन्दा बढी नेप्सेमा प्रभाव पार्ने वाणिज्य बैक अन्तर्गतका परिसूचक १३.७१ अंकले र विकास बैक अन्तर्गतका परिसूचक २०.८९ अंकले बढेका छन्।
१ सय ६६ कम्पनीका ३० लाख ७० हजार २ सय ३१ कित्ता सेयर ९१ करोड ५२ लाख ९२ हजार २ सय ४ रुपैँयामा कारोबार भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।