अर्थ

नेप्‍सेमा कारोबार रकम एक अर्ब नजिक

भदौ ३१, २०७५

    काठमाडौं : गत महिनाको कुनै दिन २० करोडको कारोबार पनि हुन नसकेको सेयर बजारमा यस साताको पहिलो दिन एक अर्ब निज कारोबार रकम पुगेकाे छ। आइतबार कारोबार रकम र नेप्‍से दुबै बढेका हुन्। 

    यसदिन नेप्से परिसूचक ११.६९ अंकले बढेर १२ सय ५६.५३ बिन्दुमा पुगेको छ।  सम्पूर्ण क वर्गका कम्पनीहरूकाे काराेबारकाे मापन गर्ने सेन्‍सेटिभ इन्डेक्स २.६६ अंकले बढेको छ। 

    समुहगत परिसूचक तर्फ सबैभन्दा बढी नेप्सेमा प्रभाव पार्ने वाणिज्य बै‌क अन्तर्गतका परिसूचक १३.७१ अंकले र विकास बै‌क अन्तर्गतका परिसूचक २०.८९ अंकले बढेका छन्। 

    १ सय ६६ कम्पनीका ३० लाख ७० हजार २ सय ३१ कित्ता सेयर ९१ करोड ५२ लाख ९२ हजार २ सय ४ रुपैँयामा कारोबार भएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]