राजनीति

समस्यै समस्याबाट ग्रुजिनु पर्दा काम गर्न सकिएन : मुख्यमन्त्री पौडेल

File Photo
भदौ ३१, २०७५

    काठमाडौं : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरू अलमलमा नरहेको दाबी गरेका छन्। उनले प्रदेश सरकार समस्यै समस्याबाट गुज्रिनु परेकाले सरकारले अपेक्षा अनुसार गती लिन नसकेको बताएका छन्।

    आइतबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कर्मचारीको अभाव, संरचनाको अभावका कारण आफू नेतृत्वको सरकारको कामले गती लिन नसकेको पनि स्मरण गराए। मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले कामलाई गतीदिने गरी बाटो बनाउने काम गरिरहेको दाबी गरे। उनले केही समयपछि उद्योगी, व्यवसायीहरूले अपेक्षा गरेभन्दा बढि काम गरेर देखाउने आश्वासन दिए।

    मुख्यमन्त्री पौडेलले प्रदेश ३ को समृद्धिका लागि उद्योग स्थापना मूल आधार रहेको पनि स्पष्ट पारे। उनले प्रदेश ३ को समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर जाने प्रतिवद्धता पनि दोहोर्‍याए। मुख्यमन्त्री पौडेलले निजी क्षेत्रको लगानी समृद्धिको आधार भएकाले सोही अनुसारको नीति तथा कार्यक्रम प्रदेश सरकारले बनाएको पनि उल्लेख गरे।

    मुख्यमन्त्री पौडेलले उद्योग स्थापनाका लागि सहज वातावरण बनाउन आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]