अर्थ

कर्मचारी संचय कोषको लगानी तीन खर्ब

भदौ ३१, २०७५

    काठमाडौं :  संचय कोषले करिब तीन खर्ब रुपैयाँ लगानी विस्तार गरेको छ। कोषले आइतबार उपलब्ध गराएको विवरण अनुसार कुल लगानी दुई खर्ब ८७ अर्ब ७८ करोड रुपैयाँ पुगेकाे छ। 

     कोषले सञ्चयकर्तालाई विषेश सापटी, घर सापटी, शैक्षिक कर्जा,  सञ्चयकर्ता सरल चक्र कर्जा, घर मर्मत सापटी जस्ता सुविधाहरु दिदै आएको छ। काेषकाे माैज्दात रकम दुई खर्ब ७८ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

    आइतबार स्थापना दिवसको अवसरमा कोषले सबै संघसंस्था तथा कम्पनीलाई आफ्ना कामदार तथा कर्मचारीको सञ्चय कोष कट्टि गरी कोषमा आवद्ध गराउन आग्रह गरेको छ। स्थापना दिवसको अवसरमा कोषले आफ्नो कार्यक्षेत्र र दायरा विस्तार गर्ने जनाएको छ।

    आवास तथा पुर्वाधार विकासका क्षेत्रको लगानीलाई प्राथमिकता दिने, प्रविधिमैत्री र गुणात्मक सेवा दिने, सञ्चयकर्तालाई आकर्षक प्रतिफल सहित सामाजिक सुरक्षा प्रदान गर्ने र संगठनको संरचना पुनरावलोकन गरी कोषको संस्थागत क्षमता अभिवृद्धि गर्ने योजना रहेको कोषले जनाएको छ। सञ्चय कोषमा हाल ६ लाख सञ्चय कर्ता रहेका छन् । कोषमा करकट्टी गरी पठाउने कार्यालयको संख्या २५ हजार ६ सय रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]