अर्थ

शेयर बजार दोहोरो अंकले वृद्धि

फाइल फोटो
भदौ ३१, २०७५

    काठमाडौं : धितोपत्र बजारमा पछिल्ला दिनमा उत्साहको सञ्चार भएको छ। यस साताको कारोवारको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ।

    नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ११.६९ अंकले वृद्धि भएर एक हजार २५६.५३ विन्दुमा पुगेको छ। यस्तै वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६६ विन्दुले बढेर २६६.९३ विन्दुमा पुगेको छ। नेप्से परिसूचक मात्रै नभर्इ कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको स्टकले जनाएको छ। आइतबार कूल १६६ कम्पनीको ३० लाख १६ हजार ४३९ कित्ता शेयर रु ८९ करोड ७८ लाख ९६ हजार ५०८ मूल्यमा खरिद बिक्री भएको छ।

    आइतबार सबै उपसमूहको शेयरमा वृद्धि भएको छ। बैंकिङ १३.७१, होटल ४.३५, विकास बैंक २०.८९, जलविद्युत् ६.५४, फाइनान्स ३.११, निर्जीवन बिमा २०.१८, उत्पादन २६.५१, अन्य ०.५४, माइक्रोफाइनान्स ८.३१ र जीवन बिमा ४८.५ विन्दुले वृद्धि भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]