राजनीति

चीनसँग जोडिएका नाकामा पूर्वाधार सुधार्न माग

फाइल फोटो
भदौ ३१, २०७५

    काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले चीनसँग जोडिएका नाकामा नेपालको पूर्वाधारको अवस्था सुधार गर्न सरकारसँग माग गरेका छन्।

    सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले चीनसँग पारवहन प्रोटोकलमा सहमति जुटाउने ऐतिहासिक र क्रान्तिकारी काम गरेकोमा आभार व्यक्त गर्दै चीनसँग जोडिएको नाकामा नेपालको पूर्वाधारको अवस्था सुधार गर्न सरकारसँग माग गरेका हुन्।

    आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले चीनसँगको प्रोटोकलमा जुटेको सहमतिले नेपालले तेस्रो मुलुकसँग सिधा आवातजावत गर्न सक्ने भए पनि नेपालतर्फको नाकाहरूको अवस्था नाजुक रहेको बताए। उनले नेपाल तर्फको नाकामा यातायातको पूर्वाधारमा सुधार गर्न तत्काल लागी पर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

    प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको नाममा सरकारले ब्रम्हलुट मच्चाउन खोजेको आरोप लगाए। उनले विमानस्थल निर्माणको नाममा लाखौं रुख कटानी गर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरे। सांसद राजभण्डारीले उपराष्ट्रपतिको कार्यालय लैनचौंरस्थित समाज कल्याण परिषदमा बनाउने सरकारको निर्णयको पनि विरोध गरे।

    राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही नगरे सरकारको प्रतिष्ठामै गम्भीर आँच आउने चेतावनी दिए। उनले पहुँचवाला व्यक्तिको सो घटनामा हात रहेको उल्लेख गर्दै रोशनी बम र बबिता बमलाई पनि छानबिनको दायरामा ल्याउन पनि सरकारसँग माग गरे।

    हुम्लाका सांसद छक्कबहादुर लामाले शिक्षा सेवा आयोगको परीक्षा हुम्लाको सिमिकोटमा लिने व्यवस्था गर्न माग गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]