साहित्य

२०१ मुक्तककारको 'मुक्तक माधुर्य विमोचित, थापा सम्मानित

भदौ ३१, २०७५

    काठमाडौं : नेपाल मुक्तक प्रतिष्ठानद्वारा प्रकाशित संयुक्त मुक्तकसंग्रह 'मुक्तक माधुर्य' साहित्यकार तथा प्रतिष्ठानका सल्लाहकार रत्नशम्सेर थापाले विमोचन गरेका छन्।

    यस पुस्तकमा २०१ जना मुक्तककारहरूका पाँच पाँचवटा मुक्तक रहेका छन्। समारोहमा प्रतिष्ठानका सल्लाहकार रत्नशम्सेर थापालाई प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सम्मान गरे। विमोचित संयुक्त कृतिमाथि समीक्षात्मक टिप्पणी समालोचक ज्ञानु अधिकारीले गरेकी थिइन्। २०१ जना समावेशी मुक्तककारहरूलाई यौटै कृतिमा पढ्न पाउनु खुसीको कुरा भएको उनले बताइन्।

    प्रतिष्ठानका संस्थापक सदस्य राधेश्याम लेकालीलाई अनेसासको केन्द्रीय अध्यक्ष पदमा विजयी भएकामा समारोहका प्रमुख अतिथि थापाले बधाईपत्र प्रदान गरे। लेकालीले अनेसासका भावी योजनका बारेमा उल्लेख गरे। प्रतिष्ठानका संंस्थापक सदस्यहरू र आजीवन सदस्यहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो। प्रतिष्ठानका महासचिव रमेश पौडेलले सम्पादक मण्डललाई बधाई दिँदै मुक्तक आह्वान गर्दा कृति प्रकाशन गर्नेहरूलाई समेट्ने भनिए पनि संस्थाकै आजीवन सदस्यहरू समेत छुटेकामा दु:ख व्यक्त गरे।

    मुक्तक माधुर्यका प्रधानसम्पादक वियोगी बुढाथोकीले कृति सम्पादन गर्दाका अप्ठ्याराहरू सुनाउँदै कतिपय छुटाउनै नहुने नामहरू प्रविधिक र समयका कारणले पनि समेट्न नभ्याएको बताए। प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले ढिलै भए पनि २०१ जना मुक्तककारहरूलाई समेटेर कृति प्रकाशन गर्ने सम्पादक मण्डलललाई बधाई दिँदै प्रकाशन गहयोग गर्ने विज्ञापनदाताप्रति आभार व्यक्त गरेका थिए। संयुक्त कृतिभित्रका उपस्थित मुक्तककारहरूलाई समारोहस्थलमै कृति उपहार प्रदान गरिएको थियो।

    संग्रहका प्रधानसम्पादक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकी, कार्यकारी सम्पादक विष्णुबहादुर सिंह र सम्पादक मण्डलमा यादव भट्टराई र निशा केसी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]