राजनीति

निर्मलाका हत्यारालाई सरकारले छाड्दैन : मन्त्री पोखरेल

भदौ ३१, २०७५

    काठमाडौं : उपप्रधान तथा रक्षामन्त्र ईश्वर पोखरेलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न कसैलाई पनि नछाडिने बताएका छन्। पत्रकार महिलाहरूको संस्था सञ्चारिका समूहको २२ औं साधारणसभा तथा ७ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले घटना छानविन भइरहेको भन्दै दोषी कसैलाई नछाडिने बताए।

    यस सन्दर्भमा सुरक्षा अधिकारीकै संलग्नता रहेको भन्ने कुरा आएको बताउँदै उनले सरकारले निलम्बन, छानविन लगायतका कुराहरू गरिरहेको बताए। 'निर्मला पन्तको पाशविक ढंगको हत्या सेक्युरिटीमा भएका कतिपय मान्छेले गरेको भन्ने लख काटियो। उनीहरूलाई कारबाही, निलम्बन पनि गरिसकियो। अहिले उनीहरू कसरी संलग्न भन्ने गम्भीर खोजी हुँदैछ', उनले भने। मन्त्री पोखरेलले दुईचारदिन ढिला भएपछि निर्मलाको बलात्कार र हत्यामा संलग्न गिरोह उम्कन नपाउने पनि प्रतिवद्धता जनाए। 'केही दिन ढिला हुँदैमा अपराधी उम्किन्छन् कि भन्ने त्रासमा नरहनुस्। राज्यले कोहीपनि अपराधिलाई माफि दिँदैन। उनीहरू कारबाहीको दायरामा आउछन्', मन्त्री पोखरेलले भने।

    उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय बढिरहेको बलात्कारका घटनाले आफू चिन्तित बनेको बताए। 'यो यतिबेला भएको के हो? पत्रपत्रिका हेर्यो बलात्कार। पढ्न सुन्न मन नलाग्ने। कान थुनौं झैं लाग्ने। भएको के हो?', उनले भने।

    महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले महिलाहरू अझै पनि कुसंस्कार कुरीतिका कारण हिंसामा परिरहेको बताइन। सञ्चारिका समूहको महाधिवेशनमा बोल्दै मन्त्री थापाले सञ्चारिका समूहले महिलामाथि हिंसा गर्ने कुरीति कुसंस्कार हटाउन सचेतना अभियान चाल्न पनि अनुरोध गरिन्। 'हिजो भन्दा धेरै पत्रकारहरू यस क्षेत्रमा आइरहनुभएको छ। कलम चलाएर, समाचार मार्फत जनतालाई सचेत गराइरहेका छन्', मन्त्री थापाले भनिन्, 'समाजका कुसंस्कार, कुरीतिका अन्त्यको लागि महिलाहरूलाई पत्रकारितामा अझ ल्याउन जरुरी छ।'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]