समाज : सुरक्षा/अपराध

सरकारले संविधान, नियम, कानुन उल्लंघन गर्‍यो : प्रकाण्ड

६ दिनको म्याद थप गरी अनुसन्धान सुरु

भदौ ३१, २०७५

    उदयपुरः पक्राउ परेर उदयपुर आइपुगेका नेत्रविक्रक चन्द उर्फ विपल्व नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्कर्मा 'प्रकाण्ड'ले सरकारले संविधान, नियम कानुनको उलंघन गरेको आरोप लगाएका छन्। आइतबार उदयपुर जिल्ला अदालतमा बयान दिएर निस्केका प्रकाण्डले अदालत परिसरमा पत्रकारसँग बोल्दै यस्तो आरोप लगाएका हुन्।

    प्रकाण्डाले प्रहरीको घेरा भित्रबाट पत्रकारहरू भने, ‘अहिलेको सरकार देश र जनताको प्रतिनिधित्वको रूपमा नभएर, पूरा विदेशी दलालको स्वार्थमा आफ्नो देश र जनताको निम्ति गिर खेल्ने भयो, संविधान, सर्वोच्च अदालत, नियम कानुनको उलंघन गर्ने भयो, दलाल प्रक्रियावादीहरूको सरकार भएको सरकारको पुष्टयइँ नै गर्‍यो।'

    प्रकाण्डले पुन भने, ‘अहिले म यहाँ छैटौ जिल्लाको रूपमा आइपुगेको हुँ, मैले यहाँ आउनुभन्दा अगाडि नौवटा केस 'फेस' गरेको छु। नौवटा मुद्दामा मलाई एउटा पनि सर्वोच्च अदालतमा प्रमाणित गर्न सकेको छैन। अनि सरकार प्रतिक्रियावादी भएन?'

    उनले सैद्धान्ति रूपमा र राजनीतिक रूपमा कुनै गल्ती गरेका बताउँदै देशमा प्रतिक्रान्तिको खेती खोजिएको आरोप लगाए। उनले पटकपटक आफूले गरेको गल्ती देखाउनक लागि सरकारलाई चुनौती दिएका थिए। 'देश र जनताको निम्ति लाग्ने पार्टी र त्यसका नेताहरुले कहाँ गल्ती गर्‍यौ? गल्ती गर्‍यौ भन्यो भने अहिले राजनीतिक उपलब्धी कहाँबाट आउँछ?' उनले प्रश्न गरे।

    उदयपुरका कुन केस लगाइयो भन्ने पत्रकारको प्रश्नमा प्रहरीले बोल्नै नदिकन भ्यानमा राखेको थियो। प्रहरीका अनुसार गएको मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुस पड्काएको अभियोगमा प्रकाण्ड म्याद थपेर अनुसन्धान सुरु गरिएको छ।

    प्रकाण्डलाई अनुसन्धानको लाग ६ दिनको म्याद

    जिल्ल प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले प्रकाण्डलाई ६ दिनको म्याद थपेर अनुसन्धान थालिएको जानकारी दिए। हामीले अदालतमा हाजिरी गरेर ल्याएको छौँ,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ, विद्युतीय धराप, जिल्लाका विभिन्न ठाँउमा बम विष्फोट गराएको आरोप छ।

    प्रकाण्डलाई सर्वोच्च अदालत काठमाडौंमा शुक्रबार पक्राउ गरी शनिबार जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइएको थियो। आइबार बेलुकी ५ बजे मात्र जिल्ला अदालत पुर्‍याएको थियो। ६ दिनको म्याद थपेर जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखिने भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]