काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाजको सिट पछाडीको पकेटभित्र १ किलो सुन फेला परेको छ। भारतको नयाँ दिल्लीबाट...
काठमाडौं : सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। सुर्खेतबाट जुम्लाका लागि हिँडेको काँक्रेबिहारको बस कर्णाली राजमार्गको रारालिहि र नाग्मबजारको बीचमा दुर्घटना भएको हो।
काँक्रेबिहारको ना ६ख ९२२ नम्बरको बस दुर्घटना हुँदा २२ यात्रुमध्ये ८ जना घाइते भएका हुन्। घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।