राजनीति

दाङ एयरपोर्ट दसैं अगाडि नै सञ्चालनमा आउँछ : मन्त्री अधिकारी

भदौ ३१, २०७५

    दाङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले दसैं अगाडि नै टरिगाउँ एयरपोर्ट सञ्चालनमा आउने बताए। मन्त्री अधिकारीले दाङको विकास र समृद्धिका लागि अनिवार्य रुपमा एयरपोर्ट सञ्चालनमा आउनु पर्ने बताए।

    पर्यटन मन्त्री अधिकारीले काठमाडौंदेखि दाङसम्म उडान गरिने र त्यो सम्भव नभए पनि काठमाडौंबाट भैरहवा हुँदै दाङ हवाई सेवा संचालन गर्न पहल थाल्ने समेत बताए। उनले इन्धन डिपो स्थापना तथा धावनमार्ग विस्तार गरेर भए पनि दाङमा एयरपोर्ट सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाए। मन्त्रीसहित आएको टोलीले  एयरपोर्टको अवलोकन समेत गरेको थियो। अहिले कालोपत्रे गरिएको धावनमार्ग ७५० मिटर मात्रै रहेको छ।

    अवलोकन पश्चात कुब श्रेष्ठले तत्काल दक्षिणपूर्वतर्फ १३८ मिटर र उत्तरपश्चिमतर्फ ६० मिटर मात्रै धावन मार्ग विस्तार गर्न सकिने अनुगमन टोलीले जनाएको छ। २०११ सालदेखि संचालन भएको उक्त एयरपोर्ट अनियमित हुँदै आएको छ। इन्धन डिपो नहुनु, धावन मार्ग सानो हुनु जस्ता कारणले जहाज नियमित हुन सकेको थिएन।

    त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले समग्र दाङको विकास र समृद्धि टरिगाउँ एयरपोर्टसँग जोडिएकाले यसलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन पहल थाल्न अनुरोध समेत गरे। कार्यक्रममा दाङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद,पूर्व सांसद, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायीको पनि सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]