छापा

पीडकबाटै पीडितलाई क्षतिपूर्ति

असोज १, २०७५

    काठमाडौं : अब फौजदारी कसुरका पीडितले पीडिकबाटै कसुरको मात्रा अनुसारको क्षतिपूर्ति पाउने भएका छन्। अपराध पीडितको संरक्षण सम्बन्धी व्यवस्था रहेको विधेयक संघीय संसद्को दुबै सदनबाट पारित भएको छ। प्रमाणीकरणसँगै कानुन कार्यान्वयनमा आउनेछ। अहिले अपराध पीडितलाई पीडकबाट क्षतिपूर्ति भराउने कानुनी व्यवस्था थिएन। 

    मौलिक हक कार्यान्वयनका लागि संघीय संसद्ले पारित गरेको विधेयक असोज ३ भित्रै प्रमाणीकरण हुनेछ। पीडितले पीडक वा कसुर स्थापित भई पीडक पहिचान हुन नसकेमा राज्यद्वारा स्थापित कोषबाट अदालतले ठहर गरे बमोजिमको क्षतिपूर्ति पाउनेछन्। क्षतिपूर्ति रकम निर्धारणको मापदण्ड पारित विधेयकले तय गरेको छ। 

    पीडितको सामाजिक पुनस्र्थापना र क्षतिपूर्ति सहितको न्यायको व्यवस्थाका लागि पहिलोपटक अपराध पीडितको संरक्षण सम्बन्धी विधेयक पारित भएको हो। पारित विधेयकको दफा ३० ले क्षतिपूर्ति पाउने अधिकार सुरक्षित गरेको खबर गाेरखापत्र दैनिकमा छ। 

    पारित विधेयकको दफा ३० मा भनिएको छ ‘अदालतले मुद्दाको अन्तिम किनारा गर्दा कसुरदारबाट पीडितलाई मनासिब माफिकको रकम क्षतिपूर्ति स्वरुप भराइदिने गरी आदेश गर्न सक्नेछ। कसुरदारको कुनै पनि सम्पत्ति नभई पीडितले क्षतपूर्ति नपाउने देखिइमा वा कसुर स्थापित भएको तर कसुरदार कायम हुन नसकेको अवस्थामा वा कसुरसँग सम्बन्धित मुद्दा प्रचलित कानुन बमोजिम फिर्ता भएमा अदालतले कोषबाट क्षतिपूर्ति स्वरुप उचित रकम पीडितलाई भराइदिने गरी आदेश गर्न सक्नेछ।’ 

    पारित विधेयकले सामाजिक पुनस्र्थापनाको योजना बनाउने अधिकार संघ प्रदेश र स्थानीय तहको समन्वयमा हुने भनिए पनि स्पष्ट खाका तय गरेको छैन। कार्यक्रम तथा योजना तय गर्ने जिम्मेवारी भने तिनै तहलाई दिइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]