समाज : सुरक्षा/अपराध

पेस्तोलसहित एक पक्राउ

असोज १, २०७५

    दाङ : अत्याधुनिक पेस्तोल र त्यसको ४ राउण्ड गोलीसहित घोराही उपमहानगरपालिका–१३ बडहराका २७ वर्षीय वीरबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

    घोराही उपमहानगरपालिका–१५ बुद्धि ग्यारेज नजिकैबाट पक्राउ परेका चौधरीको साथबाट प्रहरीले अमेरिकामा बनेको एक थान अटोमेटिक पेस्तोल, एक थान म्यागजिन, चार राउण्ड गोली र रा ४ प २४६६ नम्बरको मोटरसाइकल बरामद गरेको छ। 

    जिल्ला प्रहरी कार्यालय दाङले आइतबार पत्रकार सम्मेलन गरी चौधरीलाई बरामद सामानसहित सार्वजनिक गरेको हो। पक्राउ परेका चौधरीबारे अनुसन्धान भैरहेको र हातहतियार खरखजना मुद्दामा कारबाही प्रकृया सुरु गरिएको प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले बताए।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]