विश्व

भारतीय सेना प्रमुखको विवादस्पद अभिव्यक्ति : नेपाल र भुटानलाई भारतसँग नझुकी सुखै छैन

असोज १, २०७५

    भारतीय सेना प्रमुख विपीन रावतले नेपाल र भुटानलाई भारतसँग नझुकी सुख नरहेको बताएका छन्।

    भारतको पुनेमा सेप्टेम्बर १० देखि सुरु भएको बिम्स्टेक सैन्य अभ्यासको समापनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै सेना प्रमुख रावतले यस्तो अभिव्यक्ति दिएका हुन्।

    रावतले भौगोलिक बनावटका कारण नेपाल र भूटानले भारतको विकल्प खोज्न नसक्ने बताएका हुन्। उनले चीनतिर ढल्कनका लागि दुवै देशलाई भौगोलिक बनावटले साथ नदिने तर्क गरेका थिए।

    सैन्य अभ्यासमा नेपालको अनुपस्थिती र चीनसँग उसको बढ्दो झुकावबारे सोधिएको प्रश्नमा रावतले भने, ‘नेपालले आफूलाई भारतबाट अलग गर्नै सक्दैन, भौगोलिक बनावटका कारण पनि नेपाल र भुटान जस्ता देश स्वभाविक रुपमै भारततर्फ झुकाव राख्नुपर्ने खालका छन्।’

    बिम्स्टेकमार्फत् छिमेकीहरूसँग सम्बन्ध सुदढ बनाउने प्रयासमा भारत रहेको भन्दै सेना प्रमुख रावतले ठूलो देश भएका नाताले आफूहरूले पहलकदमी लिएको उल्लेख गरेका थिए। पछि त्यसलाई अन्य देशहरूले पनि अनुशरण गर्ने उनको भनाई थियो।

    रावतको उक्त भनाइको नेपाल र भारतका कुटनीतिक निकायले कुनै अभिव्यक्ति निकालेका छैनन्।

    बिम्स्टेक सैन्य अभ्यासमा भारत, म्यानमार, भुटान, श्रीलंका र बंगालदेशका सेना सहभागी थिए भने थाइल्याण्ड र नेपालले पर्यवेक्षक पठाएको थियो।

    काठमाडौंमा भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सैन्य अभ्यासमा सहभागी हुने निर्णय गरेपनि चौतर्फी आलोचना भएपछि नेपाल सरकारले सेनालाई भाग लिन जान रोक लगाएको थियो।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]