काठमाडौं : मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा खाद्य...
काठमाडौं : वैशाखयता कामविहीन बनेको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वार्षिक कार्यक्रम सञ्चालन गर्ने स्वीकृति पाएको छ।
कान्तिपुर दैनिकमा समाचार छ, प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झालाई काम नगर्न मन्त्रिपरिषदले दिएको निर्देशन, अध्यक्षको बर्खास्तगी र पुनर्नियुक्तिमा भएको ढिलाइले प्राधिकरण कामविहीन बनेको थियो। नयाँ आर्थिक वर्ष सुरु भएको चौथो महिनामा बल्ल प्राधिकरणको वार्षिक कार्यक्रम सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बुधबार स्वीकृत गरे।
वार्षिक कार्यक्रम स्वीकृत भएसँगै प्राधिकरणले ६ महिनापछि बल्ल काम गर्ने अधिकार पाएको छ। प्राधिकरणले दशैँअघि पेश गरेको वार्षिक कार्यक्रममा मन्त्रालयले केही सुझावसहित स्वीकृति दिएको मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जनाए। मन्त्रालयमा पेश गरिएको वार्षिक कार्यक्रममा प्राधिकरणका चार बोर्ड सदस्यले असन्तुष्टि जनाएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।