छापा

हजुरबा–हजुरअामाकाे बिहे, बुहारीले भित्र्याउँछन् बेहुली सासु

कात्तिक ८, २०७५

    काठमाडौं : हजुरबुबा बेहुला, हजुरआमा बेहुली। अनि छोरानाती जन्ती। बुहारीहरु सासूलाई बेहुली बनाएर भित्र्याउँछन्। छोराहरु बुबालाई दुलाहाको पोसाक लगाइदिन्छन्। कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै। सुन्दै अचम्म लाग्ने यो चलन टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो। युगौंदेखिको परम्परा।

    मगर समुदायमा भागी विवाह गर्ने चलन छ। करिब ९० प्रतिशतले भगाएकै खबर कान्तिपुर दैनिकमा छ। त्यसैलाई औपचारिकता दिने उनीहरु समय मिलाएर समाजलाई साक्षी राखी धुमधाम बिहे गर्छन्। भागेर आएका जोडीले जति बुढो भए पनि औपचारिक विवाह नगरी सामाजिक मान्यता  पाउँदैनन्। 

    ‘अरुको के कुरा, मैले ३ जना छोरा लाठे भएपछि गतबर्ष बल्ल बिहे गरें,’स्थानीय शिक्षक निलबहादुर मगरले भने,‘हाम्रो चलन नै यस्तै छ।’ अर्का स्थानीय पूर्ण बहादुर मगरले ७० बर्ष कटेपछि बल्ल बिहे गरे। त्यतिबेला उनका नातिनातिना नै जवान भइसकेका थिए। बिहे गरेको केही समयमै उनको मृत्यु भयो। 

    भागेर जाने चेलीलाई माइतीले सहजै नस्विकार्ने भएकाले विवाह गर्न ढिलाइ हुने गरेको हो। माइतीको सहमति पर्खदासम्म उनीहरुको उमेर छिप्पिसकेको हुन्छ। 
    छोराछोरका आमाहरु बेहुली बनेरश्रीमा र जन्ती साथै लगि माइत जान्छन्। बेहुलीको माइती  पक्षलाई श्रीमान देखाउँदै दुलाहा स्विकार्न अनुरोध गर्छिन्। माइती पक्षले दुलाहा स्वीकार्दा ठेकी समाउन दिने चलन छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]