छापा

कर्मचारी समायोजन प्रस्ताव : प्रदेश वा स्थानीय तह गए एक तह बढुवा

कात्तिक ८, २०७५

    काठमाडौं : प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउन सरकारले कर्मचारी समायोजन गर्न नयाँ ऐन ल्याउने तयारी गरेको छ। प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई स्वतः एक तह बढुवा दिने, सेवा सुविधा वृद्धि गर्ने व्यवस्थासहित समायोजन ऐन ल्याउन लागिएको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐनको मस्यौदा तयार पारेको छ। करिब एक सातामै ऐन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको समाचार नयाँ पत्रिका दैनिकमा छ।

    मन्त्रालयले ऐनको मस्यौदामा कर्मचारी सामायोजन गर्दा मुख्यतः कर्मचारीको रोजाइलाई ध्यान दिएको छ। सरकारले दिएको म्यादभित्र प्राप्त आवेदनका आधारमा कर्मचारी छनौट हुनेछन्। समायोजन गर्दा पदको ज्येष्ठतालाई मुख्य आधार बनाउने प्रस्ताव छ। ज्येष्ठ कर्मचारीले संघ, प्रदेश र स्थानीयमध्ये रोजेको स्थानमा समायोजन भएर जान पाउनेछन्। एउटै सेवा उमेरका धेरै कर्मचारीले एउटै स्थानीय तह वा प्रदेशमा जान चाहेमा नजिकको कर्मचारीलाई प्राथमिकता पाउनेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]