छापा

मन्त्रीलाई नटेर्ने दुई सचिव प्रधानमन्त्री कार्यालयमा तानिए

कात्तिक ८, २०७५

    काठमाडौं : संघीय समाजवादी फोरमले सम्हालेका दुवै मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालयमा तानिएका छन्। स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका हुन्।

    मन्त्रिपरिषद् स्रोतका अनुसार स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री इस्तियाक राईकै आग्रहमा दुवै सचिवलाई सरुवा गरिएको हो। मन्त्रिपरिषद् बैठक नबसी उनीहरूलाई कारबाहीको शैलीमा प्रधानमन्त्री कार्यालयमा तानिएको आरोप लगाइएको छ।

    उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले सचिव चौधरीलाई हटाउन लामो समयदेखि प्रधानमन्त्रीलाई आग्रह गरेका खबर राजधानी दैनिकमा छ। आफू पनि मधेसी मूलकै सचिव भएकाले मन्त्रीले हटाउन नसक्ने भन्दै चौधरीले बलमिच्याइँ गरेको यादवनिकट स्रोतले जनाएको छ।

    चौधरीको ठाउँमा स्वास्थ्य मन्त्रालयकै १२औं तहका चिकित्सक सुशीलनाथ प्याकुरेललाई जिम्मेवारी दिइएको छ। सहरी विकास मन्त्रालयको सचिवमा रमेश सिंह सरुवा भएका छन्। नेपाल ट्रष्टको कार्यालयमा सचिव रहेका सिंह सहरी विकास विज्ञ मानिन्छन्। दुवै सचिवले बुधबारदेखि जिम्मेवारी सम्हालेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]