छापा

शिक्षाका १६६ उपसचिव खटाइए नगरपालिकामा

कात्तिक ८, २०७५

    काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफूमातहतका १६६ उपसचिवलाई स्थानीय तहमा खटाएको छ। मन्त्रालयको हालैको निर्णयअनुसार ती उपसचिवलाई नगरपालिकामा खटाइएको समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

    नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको प्रमुख रहनेगरी उनीहरूलाई पठाइएको हो। विगतमा शिक्षा शाखा मात्र भनिएको उक्त शाखामा खेलकुदको समेत जिम्मेवारी थपेर नामकरण भएपछि उनीहरूलाई त्यहाँ पठाइएको हो।

    विगतमा शिक्षा शाखा मात्र राखिँदा थुप्रै कर्मचारीले उक्त स्थानमा जान आनाकानी गरेका थिए। मन्त्रिपरिषद्ले केही समयअघि मात्र यो शाखामा खेलकुदको समेत जिम्मेवारी थप्ने निर्णय गरेको थियो।

    संघीय संरचनाअनुसार जिल्ला शिक्षा कार्यालयको खारेजीपछि जिल्ला प्रशासन मातहत रहनेगरी शिक्षा विका तथा समन्वय इकाइको रूपमा सानो संरचना गठन भएको छ। यता केन्द्रमा रहेको शैक्षिक जनशक्ति विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्र र शिक्षा विभाग गाभिएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र गठन भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]