समाज

लुम्बिनी अञ्चल अस्पतालमा एनआइसियू सेवा शुरु

कात्तिक १९, २०७३

    बुटवल : लुम्बिनी अञ्चल अस्पताल बुटवलमा अत्याधुनिक नवजात शिशु स्याहार तथा उपचार केन्द्र (एनआइसियू) सञ्चालनमा आएको छ। 

    एनआइसीयुको शुक्रबार स्वास्थ्यमन्त्री गगनकुमार थापाले औपचारिक उद्घाटन गरे। एनआइसीयुको उद्घाटन गर्दै मन्त्री थापाले हरेक नागरिकको स्वास्थ्य बीमा गर्ने नीति सरकारले बनाउन लागेको बताए। 
    ‘स्वास्थ्य उपचारका लागि सामान्य नागरिकले घरजग्गा बेच्नुपर्ने अवस्था नआओस् भन्नका  लागि हरेक नागरिकको स्वास्थ्य बीमा गर्ने तयारी हामीले गरेका छा,’उनले भने,‘त्यसपछि निशुल्क उपचार हुनेछ, कसैले पनि स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने छैन।’ आफै रकम खर्चेर बीमा गर्न नसक्ने नागरिकको बीमा रकम सरकारले बेहोर्ने उनले बताए। 

    अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विकास देवकोटाले शरीर काम्ने, जन्मदा कम तौल भएका, अवधि पूरा नभई जन्मिएका, श्वासप्रश्वासमा समस्या, निमोनिया, रक्तअल्पता, जन्डिस तथा विभिन्न सङ्क्रमणबाट पीडित नवजात शिशुको केन्द्रमा उपचार हुने बताए। ८ शैयाको अत्याधुनिक उपकरणसहितको एनआइसीयू सेवा सञ्चालनमा आएपछि नवजात शिशुको स्याहार तथा उपचार सहज भएको छ । 
    अस्पतालले २८ दिनभित्रका नवजात शिशुहरुको उपचारका लागि एनआइसियू सेवा दिनेछ।  सेवा सञ्चालनपछि नवजात शिशुको मृत्यूदर घट्ने विश्वास अस्पतालले लिएको छ। एनआईसियूमा ५ जना डाक्टर, १२ जना स्टाफ नर्स र ५ जना कार्यालय सहयोगी कार्यरत हुनेछन्। लुम्बिनी अञ्चल अस्पताल पश्चिम क्षेत्रमै सबैभन्दा बढी सुत्केरी हुने अस्पताल हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]