अर्थ

एमसिसीको २० सूचकमध्ये १६ मा उत्तीर्ण भयो नेपाल

कात्तिक १९, २०७३

    काठमाडौं : संयुक्त राज्य अमेरिको मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले प्रकाशित गरेको सन् २०१७ को स्कोरकार्डमा गत वर्ष झैँ यस वर्ष पनि नेपाल समग्रमा २० वटा सूचकमध्ये १६ मा उत्तीर्ण भएको छ। 

    यो स्कोरकार्ड वार्षिक प्रतिस्पर्धात्मक प्रक्रिया हो, जुन एमसिसीको विकास सहयोग कुन देशले प्राप्त गर्छ भन्ने कुराको निर्धारण गर्ने प्रमुख माध्यम भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। 

    यस वर्ष एमसिसीले स्कोरकार्डका लागि चयन गरेका ८२ देशमध्ये ३३ देश मात्र उत्तीर्ण हुन सफल भए भने ४९ देश अनुत्तीर्ण रहे। यस वर्ष नेपालले सरकारको प्रभावकारितासम्बन्धी सूचकमा अरु देशको तुलनामा राम्रो नतिजा ल्याउन नसके पनि नियमनकारी गुणस्तर सूचकमा भने सुधार गरेको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 

    एमसिसीको सञ्चालक समितिले नेपालको स्कोरकार्ड नतिजा र अन्य सान्दर्भिक सूचनाका आधारमा नेपाललाई फेरि चयन गर्नुपर्ने हुन्छ। एमसिसीले प्रस्तावित लगानी कार्यक्रम आफ्नो सञ्चालक समितिमा स्वीकृतिका लागि सन् २०१७ मा पेस गर्नेछ। 

    एमसिसीको सहयोग प्राप्त गर्न कुनै पनि राष्ट्रले पहिले एमसिसीको स्कोरकार्ड उत्तीर्ण गर्नु पर्दछ। यो स्कोरकार्ड खुला रुपमा तेस्रो पक्षले देशको आर्थिक स्वतन्त्रता, नागरिकमा लगानी र न्यायपूर्ण राज्य सञ्चालनको नीतिमा गरेका २० विभिन्न सूचकका आधारमा निर्धारण गरिन्छ। 

    एमसिसी आर्थिक विकासमार्फत विश्वव्यापी विपन्नताको न्यूनीकरणका लागि कार्यरत एक स्वतन्त्र अमेरिकी सरकारी निकाय हो। सन् २००४ मा स्थापित एमसिसीले भ्रष्टाचारविरुद्ध सङ्घर्ष गर्नेदेखि लोकतान्त्रिक अधिकारको सम्मान गर्नेसम्मका सुशासनका कडा मापदण्ड पूरा गर्न छानिएका केही विकासोन्मुख देशलाई समय–सीमित अनुदान र सहायता प्रदान गर्दछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]