काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
बुटबल : रुपन्देहीमा एक जना हतियारसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लुम्बिनीले शुक्रबार राती लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको होटल बुद्ध गार्डेनबाट स्थानीय जमाल मुसलमानलाई पक्राउ गरेको हो।
हतियारसहित होटलमा बसिरहेको सूचनाका आधारमा मुसलमानलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। उनीसँगबाट प्रहरीले कटुवा पेस्तोल बरामद गरेको छ। उनलाई हातहतियार खरखजाना ऐनअन्तरगत मुद्धा चलाइने प्रहरीले बताएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।