सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
धादिङ- धादिङको कुम्पुर गाविस ७ पिपलटारमा रहेको महाकाली माविमा केही दिनयता विद्यार्थी बेहोस हुने क्रम बढ्दै गएको छ । एकपछि अर्को विद्यार्थी बेहोस हुनेक्रम बढेपछि दुई दिनदेखि अनिश्चितकालका लागि विद्यालय वन्द गरिएको छ ।
कक्षा ४ देखि १० सम्मका विद्यार्थी बढी बेहोस हुने गरेको र बेहोस भएपछि कराउने, छटपटाउने, चिच्याउनेलगायतका क्रियाकलापहरु देखिने गरेको विद्यालयका शिक्षक जनक आचायले जानकारी दिनुभयो । विद्यार्थी बेहोस भएपछि उनीहरुका अभिभावकले स्वास्थ्य संस्थामा जाँच गराउन लगे पनि कुनै प्रकारको शारीरिक समस्या नभेटिएको चिकित्सकहरुले जानकारी दिएका छन् । विद्यार्थीमा मास हिस्टेरियाको समस्या भएको हो कि अरु नै कारण हो खुल्न सकेको छैन ।
सुरुका दिनमा दिनभरमा २/३ जना विद्यार्थी बेहोस भएर ढलेका थिए । अहिले दिनमा १५/२० जना बेहोस हुने गरेको विद्यालयले जनाएको छ । यसरी बेहोस हुनेहरुमा छात्राहरु बढी छन् । अधिकांश विद्यार्थी कक्षामा शिक्षकले पढाइरहेको बेलामा बेहोस भएर ढल्ने गरेका छन् ।
एक सातायता विद्यालयमा यस्तो समस्या बढ्दै गएपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसी शुक्रबारबाट अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको हो । यस विद्यालयमा अघिल्ला वर्षहरुमा पनि विद्यार्थी एक्कासी बेहोस भएर ढल्ने समस्या देखिएको शिक्षकहरु बताउँछन् ।
विद्यार्थीहरुमा देखिएको यस्तो समस्यापछि उनीहरुमा कुनै त्रासको कारण समस्या आएको हो कि भनेर मनोपरामर्श दिए पनि कुनै परिवर्तन नदेखिएको विद्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।