अर्थ

सेयर परिसूचक १७ सय विन्दु नजिक

असार १२, २०७३

    काठमाडौं : सेयर बजार १८ अंकले वृद्धि भई एक हजार ६८४ विन्दुमा पुगेको छ। बजार खुल्ने बित्तिकै चम्किएको नेप्से २२ अंकले वृद्धि भई एक हजार ६८८ विन्दुमा पुगेको थियो। तर बजार बन्द हुनु अगाडि नेप्से पुग्नः घटेर एक हजार ६८४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। 

    आज कुल कारोबार रकम भने घटेको छ। स्टकका अनुसार कुल १३५ कम्पनीको रु एक अर्ब ६० करोड ५७ लाख ६३ हजार ५८ को करोबार भयो भने ६३ लाख ९३ हजार ५८२ कित्ता सेयर किनबेच भयो। 

    आज सबैभन्दा बढी कारोबार स्टयान्डर्ड चार्टर्ड बैंक लिमिटेडको रु तीन हजार ७७० मूल्यमा कारोबार भयो भने एभरेष्ट बैंक लिमिटेडको तीन हजार ४१०, एसबीआइको रु एक हजार ८८९ मूल्यमा कारोबार भयो। बैकिङ समूह शक्तिशाली बन्दा सेयर बजारको परिसूचक बढेको हो। सो समूह ३३ अंकले वृद्धि भयो भने बिमा र जलविद्युत् समूह ओर्लिए। तर त्यसले बजारलाई खासै प्रभाव पारेन। स्टकका अनुसार बिमा ३०, जलविद्युत् ९, उत्पादन समूह ३६ र होटल समूह १० अंकले घटेको छ। 

    बिमा समूहको सबैभन्दा बढी अर्थात् रु ९१ करोड बराबरको सेयर कारोबार भयो भने वाणिज्य बैंकको रु ४६ करोडमा सीमित भयो। आज लुम्बिनी जनरल इन्स्योरेन्सेको रु ११ करोड २२ लाख मूल्यको सेयर खरिद किक्री भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]