राजनीति

अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाएका छौँ : मन्त्री ज्ञवाली

पुस १४, २०७५

    गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेको बताएका छन्। छिमेकी मुलुकका साथै विश्वका अन्य मुलुकहरूमा समेत नयाँ र नेपालको हितमा सम्झौता गरेकोले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर रहेको दाबी गरे।

    गृहजिल्ला गुल्मीस्थित रेसुङ्गा बहुमुखी क्याम्पसको ३६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्। आफूले भर्खरै मात्र जापान र अमेरिकाको भ्रमण गरी नेपालको पक्षमा महत्वपूर्ण सम्झौता गरेको उनको भनाई छ। जापानले नेपालबाट पनि कामदार लैजानु, भारतमा बिजुली बेच्न पाउनुलगायतका उपलब्धि नेपालका लागि महत्वपूर्ण भएको उनको भनाई छ।

    ‘जापानले नेपाली कामदार लैजाने भएको छ, अमेरिकाले पनि सामानमा छुट दिने भएको छ।’ मन्त्री ज्ञवालीले भने, ‘नेपाल अब विकासको बाटोमा प्रवेश गरेको छ।’ त्यसका साथै चीनसँग यातायात पारवाहनसम्बन्धी सम्झौता गरेकोले नेपालीले अब कहिल्लै नाकाबन्दीको सामना गर्नुनपर्ने उनले दाबी गरे।

    परराष्ट्रमन्त्री ज्ञवालीले यो पाचँ बर्षे स्थायी सरकार भएकोले नेपालले विश्वको ध्यान आकर्षण गरिरहेको बताए। ‘विगतका वर्षहरूमा नौ महिनामा सरकार फेरिन्थ्यो, जसले गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सोचेजस्तो थिएन’ उनले भने, ‘तर अहिले स्थायी सरकार छ, विश्वले नेपाल नियलिरहेको छ।’ पछिल्लो समय छिमेकी मुलुकहरूले अनावश्यक नेपालमाथि अनावश्यक हस्तक्षेप गर्न पनि छाडेको उनले दाबी गरे।

    ‘सरकार गठन हुँदा नेपालको नीति विदेशको संसदमा छलफलको एजेण्डा बन्थ्यो’ उनले भने, ‘तर अहिले स्थिर सरकार गठन भएसँगै त्यो अवस्थाको अन्त्य भएको छ।’ त्यसका साथै नेपालले विकास निर्माणलाई प्राथमिताका दिएको समेत उनको भनाई छ। ‘सरकारले धमाधम विकासका काम गरिरहेको छ, केहि समयपछि नजिता आउनेछ’ मन्त्री ज्ञवालीले भने, ‘यो सरकारको कार्यकालभर नेपाली जनताको जीवनस्तर उकासिनेछ।’  नेपाल अबको तीन वर्षभित्र अति कम विकसित मुलुकबाट माथि उठ्ने पनि उनले दाबी गरे। त्यस्तै सन् २०३० सम्म नेपाललाई मध्यम आय भएको मुलुक बनाउने लक्ष्य सरकारको रहेको उनले दाबी गरे।

    लडाइँ गरिबीविरुद्धको

    मन्त्री ज्ञवालीले अब आफूहरूको लडाइँ गरिबी, अशिक्षा, बेरोजगार, अन्याय तथा अत्याचारविरुद्धको भएको बताए। संसदभित्र सत्तापक्ष र प्रतिपक्ष हुन संसदको नियम भए पनि देश विकास गर्ने कुरामा सबै राजनीतिक दल एक हुनुपने बताए। ‘संसभित्रको नियम एक ठाउँमा छ, त्यहाँ जुनसुकै विचार राख्ने अधिकार हुन्छ’ उनले भने, ‘तर देश बनाउने कुरामा आउनुस, सँगै हातेमालो गरौँ।’ अब सर्टिफिकेट बाकसमा राखेर पासपोर्ट बोकी म्यानपावरको ढोका धाउनुपर्ने बाध्यताको पनि छिट्टै अन्त्य गरिने उनले दाबी गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]