विज्ञान प्रविधि

राजधानीमा अन्तर्राष्ट्रिय सूचना-प्रविधि सम्मेलन

पुस १४, २०७५

    काठमाडौं : आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शनिबार काठमाडौंमा नवौं राष्ट्रिय सूचना-प्रविधि एवं चौथौ अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ सम्मेलन आयोजना भएको छ। कलेज अफ इन्फरमेसन टेक्नोलोजीको आयोजनामा शुरु भएकाे उक्त सम्मेलन नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष ई.डिल्लीरमण निरौलाले उदघाट्न गरेका हुन्। 

    सम्मेलनमा चीन, भारत, थाइल्यान्ड र जापानका युवा विद्यार्थी तथा शोधकर्ताहरूको सहभागिता रहेको एनसिआइटी कलेजका निर्देशक बिजुलीप्रसाद राणाले जानकारी दिए। सम्मेलनमा ३९ वटा कार्यपत्र प्रस्तुत गरिएको राणाले बताए। एनसिआइटी कलेजका प्रिन्सिपल निरञ्जन खकुरेलले संसारलाई स्मार्ट प्रविधिमैत्री बनाउन भएका अभ्यासहरूका बारेमा सम्मेलनमा छलफल गरिएको बताए। कार्यक्रममा अन्तर्राष्ट्रिय सूचना तथा प्रविधि विज्ञहरूको समेत सहभागिता रहेको उनले जनाए। 

    सम्मेलनमा भारतको नयाँ दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. मोहम्मद एबुल्लाहले सूचना तथा प्रविधिसम्बन्धी आफ्नो प्रिजेन्टेशन दिएका थिए। देश तथा विदेशबाट ६० भन्दा बढी ‘पेपर’ प्राप्त भएको र यसमध्ये उत्कृष्ट ३९ वटा कार्यपत्र प्रस्तुत भएको थियो। मोबाइल कम्युटिङ, स्मार्ट कम्युटिङ, क्लाउड कम्प्युटिङ, ग्रिन कम्युटिङ, बिग डाटा, अप्टिकल कम्युनिकेशन्स एण्ड नेटवर्किङ, नेटवर्क म्यानेजमेन्ट एण्ड सर्भिस, इन्ड्रस्ट्रियल रोबोटिक्स, आइसिटी फर डिजास्टर म्यानेजमेन्ट लगायतका विषयमा विभिन्न शोधकर्ताले कार्यपत्र प्रस्तुत गरेका थिए। 

    आइटी विद्यार्थी, सरोकारवाला र सूचना तथा प्रविधिमा अनुसन्धानरत व्यत्तिहरूको लागि यो महत्वपूर्ण प्लाटफर्म भएको एनसिआइटीका प्रिन्सिपल खकुरेलले विश्वास व्यक्त गरे। उनले भने,‘यो सम्मेलनले मुलुकको सूचना तथा प्रविधिका क्षेत्रमा फलदायी भएको छ। यसले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘डिजिटल नेपाल’, ‘इ-गभर्मेन्स’ र पेपरलेस प्रणालीको सपना साकार पार्न टेवा पुर्‍याएको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]