समाज

नेपालगंज-दिल्ली-नेपालगंज बस सेवा सुरु

पुस १४, २०७५

    बाँके : नेपालगंज-दिल्ली-नेपालगंज बस सेवा शनिवारबाट विधिवत रुपमा सुरु भएको छ। प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले बस सेवाको उद्घाटन गरेपछि नेपालगंज-दिल्ली-नेपालगंज  बस सेवा सुरु भएको हो। यसअघि कानुनी प्रक्रिया नपुर्‍याएर नेपालगंज–दिल्ली बस संचालन भइरहेका थिए। 

    उद्घाटन गर्दै मुख्य मन्त्री पोख्रेलले बस सेवाले नेपालगंज र भारतको राजधानी दिल्ली बीचको सम्बन्ध जोडिने बताए। उनले दिल्लीसँगको सम्बन्धले नेपालगन्जको विकासमा टेवा पुग्ने बताउँदै नेपालगंज–दिल्ली हवाई उडानका लागि पहल भइरहेको बताए। ‘भारतीय राजदतले हवाई उडानका लागि पहल गर्ने आश्वासन दिनु भएको छ। पदमार्ग पछि अव हवाई मार्गको बाटो पनि खुलेको छ,’ उनले भने। उनले दिल्ली र नेपालगंजलाई रेलमार्गले पनि जोड्ने योजना अघि सारे।

    भारतको रुपईडिहाबाट कोहलपुरसम्म रेल संचालनका लागि सर्वेक्षण भइसकेको बताउँदै उनले पूर्व-पश्चिम रेजमार्गले पनि थप सहयोग गर्ने जिकिर गरे। ‘नेपालगंजलाई केन्द्रमा राखेर कर्णाली राजमार्गलाई चीनको सीमासम्म पुर्‍याउने सरकारको योजना छ,’ मुख्य मन्त्री पोख्रेलले भने। यसअघि पनि विभिन्न समिति र ट्राभल्सले दिल्ली–काठमाडौँ बस सेवा संचालन गरेर निरन्तरता दिन नसकेको औँल्याउँदै उनले भेरी यातायात प्रालिलाई नेपालगंज–दिल्ली सुविधा बस सेवालाई निरन्तरता दिन सुझाव दिए।

    ‘सुरुवातमा घाटा लाग्न सक्छ। घाटा लाग्यो भन्दैमा सेवा बन्द  नगर्नु होला,’ उनले यातायात व्यवसायीलाई सुझाव दिँदै भने, ‘यात्रुलाई नेपालगंजबाट दिल्लीसम्म सुरक्षित रुपमा पुर्‍याउनु पनि यातायात प्रालिको दायित्व हो।’  मुख्य मन्त्री पोख्रेलले यात्रुको सुरक्षामा ध्यान दिन सचेत गराउँदै ग्राहकको विश्वास जित्नसके यात्रु अपुग नहुने धारणा राखे। उनले भारतबाट आएका यात्रुको सुरक्षा नेपाल सरकारले गर्ने प्रतिवद्धता जनाउँदै भातीय भूमिमा भारत सरकारले सुरक्षा दिनुपर्ने बताए।

    नेपाली भूमिमा नेपाल सरकारले यात्रुलाई पूर्ण सुरक्षा प्रदान गर्ने छ। भारतीय भूमीमा नेपाली यात्रुको सुरक्षा भारत सरकारले गरोस्,’ नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका मुख्य मन्त्री पोख्रेलले भने। कार्यक्रममा भारतीय राजदूताबासका सहसचिव निरजकुमार जैसवालले बस सेवा संचालनले दुई देशको सम्बन्ध झनै बजवुद हुने बताए। उनले नेपाल र भारतको सम्बन्ध परापूर्वकालदेखि सुमधुर रहेको बताउँदै नेपालको विकासमा भारतले सहकार्य गर्ने बताए। 

    नेपाल–भारत मैत्री बस सेवा नाम दिइएको छ। भारत सरकार र नेपाल सरकारले संचालन अनुमति दिएपछि आधिकारिक रुपमा भेरी यातायात प्रालिले नेपालगंज–दिल्ली बस संचालनमा आएको हो। प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार, नेपाल र भारतीय बस ब्यवसायीले आलोपालो गरेर नेपालगंजबाट दिल्लीका लागि बस संचालन गर्ने छन्। ‘नेपालगंजबाट नेपाली बस दिल्ली गयो भने दिल्लीबाट भारतीय बस नेपालगंजका लागि छुट्ने छ,’ गिरीले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]