राजनीति

बिपीको मार्ग छाडेपछि कांग्रेस पछि पर्‍याे : नेता थापा

पुस १४, २०७५

    रौतहट : नेपाली कांग्रेसका नेता गगन थापाले बिपिको मार्ग छाडेपछि कांग्रेस पछि परेको बताएका छन्। रौतहटको चन्द्रनिगाहपुरमा आयोजित प्रजातान्त्रिक विचार केन्द्रले गरेको कार्यक्रममा यस्तो बताएका हुन्।

    बिपीको मार्गमा हिडेको भए अहिले नेपाली कांग्रेस पार्टी सबै भन्दा ठूलो पार्टी हुने नेता थापाले दाबी गरे। उनले अहिले स्थानीय तहमा जितेका जनप्रतिनिधिलाई बिपीको मार्गमा हिडेर समाजको विकास गर्न समेत आग्रह गरेका छन्। बिपि कोइरालाको राजनितिक एवं साहित्यिक यात्रामा बिपी एक ब्यतित्व अनेक विषयक विचार गोष्टीमा बोल्दै नेता थापाले नेपाली कांग्रेस जनताको भएको हुँदा जनप्रतिनिधिले जनताको मन छुने गरी काम गर्न आग्रह गरे।

    नेता थापाले सरकारलाई लक्षित गर्दै भने, ‘अहिलेको सरकार आफ्नै भारीले थिचिँने छ। सरकारको बिरोध गर्न माधव नेपाल र पार्टीको बिरोध गर्न बामदेवलाई जिम्मा दिए पुग्छ।’ ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै नेता थापा भने,‘अहिलेको सरकारको कुरा चाहिँ ठूला ठूला काम भने केही गर्न सकेको छैन। बिपीको विचारद्वाराबाट मात्रै देशको विकास हुने हुँदा अब कांग्रेसले बिपीको मार्ग बिर्सनु हुँदैन।’

    उक्त कार्यक्रममा रौतहट क्षेत्र ४ क विधायक धनलाल ठोक्करले पनि बिपि मार्गलाई कसैले पनि कहिले पनि बिर्सन नहुने बताए। उनकै विचार धारामा कांग्रेस अगाडि बढे मात्र देशको विकास सम्भव रहेको ठोक्करले बताए।

    कार्यक्रममा बिभिन्न साहित्यकारहरूले बिपीको साहित्यीक रचना र राजनीतिक अवस्था बारे प्रष्टाएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]