समाज

सल्यानमा चालक र सहचालकको आँखा जाँच

पुस १४, २०७५

    सल्यान : जिल्लामा दुर्घटना कम गर्न भन्दै  चालक र सहचालकको आँखा र प्रेसर (विपी)जाँच गरिएको छ। कामको चापले प्रेसर बढने र आँखा कमजोर भएर दुर्घटना हुन सक्ने भन्दै दुर्घटनालाई कम गर्नको लागि १३० जना चालक र सहचालकका आँखा र प्रेसर जाँच गरिएको हो। शनिबार जिल्लाका गाडी चालक र सहचालकको आँखा र प्रेसर जाँच गरिएको ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र शर्माले बताए।

    सवारी चलाउँदा स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्ने भन्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यलय सल्यानको आयोजनामा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरी जिल्लाका यात्रुबाहक सवारीका सम्पूर्ण चालक र सहचालकहरूको आँखा र प्रेसर जाच गरिएको उनको भनाई छ। उनले भने, 'जिल्लाको सडक निकै बिग्रिएका छ। धुलो धुँवाले  सवारी चलाउन निकै मुस्किल भइरहेको छ। यस्तो अवस्थामा सवारी चालक बढी प्रभावित हुने गर्दछन्।' 

    सबैभन्दा ठूलो कुरा स्वास्थ्य हो, स्वास्थ्य राम्रो भएन भने सवारी चलाउदा दुर्घटना हुन सक्छ, कामको चापले चालकहरुको प्रेसर बढ्न सक्छ, यस्तो बेला ध्यान नदिए दुर्घटना  हुन सक्छ, दुर्घटना न्यून गर्ने उद्देश्यले उनीहरूलाई सचेत गराउनको लागि आँखा र प्रेसर जाँच गरिएको उनको भनाई छ।

    शिविरमा १३० जनामध्ये १४ जनामा प्रेसर बढी भएको पाइएको छ भने १५ जनामा आँखाको समस्या देखिएको शिविरमा खटिएका आँखा उपचार केन्द्र सीतलपाटी सल्यानका डाक्टर पदम राज पन्तले बताए। १४ जना प्रेसरका बिरामीहरूलाई समयसमयमा जाँच गर्नुपर्ने र १५ जनामा आँखाका समस्या देखिएकाहरूलाई चस्मा लगाएर आँखाको ख्याल गर्नुपर्ने सुझाब दिएको उनले बताए।

    यो स्वास्थ्य शिविरबाट आफू अब सजक र सकारात्मक भएर स्वास्थयको ख्याल गरी सवारी चलाउने चालकहरूले बताएका छन्। जिल्लाभित्र दिनमा करिब २५० सवारीसाधन भित्रिने र बाहिरीने गरेको ट्राफिक प्रहरी कार्यलय सल्यानले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]