समाज

सहाराविहीन बालिकालाई नगरपालिकाको सहयोग

पुस १४, २०७५

    बैतडी : सहाराविहीन अवस्थामा रहेका बैतडीको दशरथचन्द नगरपालिका १० सतपालिका ६ जना बालिकाले दशरथचन्द नगरापालिकाको साथ पाएका छन्। नगरपालिकाले उनीहरूलाई नगद सहयोग गर्नुका साथै उनीहरूको पढाई तथा बसोबासको प्रबन्ध नगरपालिकाले मिलाउने भनेको छ। 

    दशरथचन्द नगरपालिकाको एक टोलीले सहाराविहीन बालिकाको घरमै पुगेर नगद १० हजार प्रदान गरेको छ। यसका साथै नगरपालिकाले उनीहरूको जिर्ण रहेको घर र शौचालय निर्माण पनि नगरपालिकाले गरीदिने नगर मीना उपप्रमुख चन्दले बताइन्। 'बालिकाहरूको पढाइ खर्च पनि नगरपालिकाले व्यहोर्ने छ', उनले भनिन् “ बालिकाहरूलाई विद्यालय पोशाक, किताब, कलम, कापी नगरपालिकाले दिनेछ', केही दिनअघि स्थानीयहरूले बालिकाहरूलाई कम्बल लगाएतका ओढ्ने ओछ्याउने पनि वितरण गरेका थिए।

    यस्तै बालिकाहरूलाई दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले एक हजार ५०० सहयोग गरेका थिए। बुवाको मृत्यु भएको ३ महिनामै आमा पोइल गएपछि बालिकाहरू बिचल्ली परेका थिए। बुवा राजुराम लावड बिरामी भएर ३ महिनाअघि मृत्यु भएको र आमा मीना लावड पोइल गएपछि बालिकाहरुको बिचल्ली भएको हो।

    १४ वर्षीया निलम लावड, १२ वर्षीय नितु लावड,११ वर्षीय तृप्ती लावड, १० वर्षीय लीला लावड, ६ वर्षीय बिन्दु लावड र ३ वर्षीया ममता लावडको बिचल्ली भएको हो। बुवा मृत्यु भएको केही दिनमै आमा पोइल गएपछि आफूहरूलाई निकै समस्या भएको बालिका निलम लावडले बताइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]