काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ३० दशम...
खोटाङ : जिल्लाका २१ किसान पुरस्कृत भएका छन्। दिक्तेलमा शनिबार सम्पन्न बृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये तरकारी बाली, खाद्यान्न बाली, फलफूल बाली, आलु बाली, माछा, तेलहन-दलहन-नगदे बाली र विविध बाली समूहका उत्कृष्ट किसानहरू पुरस्कृत भएका हुन्।
व्यवसायिक रुपमा कृषि पेशा अपनाउँदै आएका याम्खाका रामबहादुर कुँवर फलफूलतर्फ पहिलो, बिजयखर्कका जीवराज पोखरेल दोस्राे र बुईपाका सुमन राई तेस्राे,आलुबालीतर्फ खाल्लेका केदार कट्वाल पहिलो, खाल्ले कै उषा राई दोस्राे र दिक्तेलका विकास आचार्य तेसाे, खाद्यान्न बालीमा याम्खाका झमक अधिकारी पहिलो, दिक्तेलका अम्बिका आचार्य दोस्र र सोल्माका यामकुमार श्रेष्ठ तेस्राे भए।
माछा समूहमा सोल्माका पेशल कार्की पहिलो, नेर्पाका दुर्गाप्रसाद रिजाल दोस्राे र दिक्तेलका राम बजगाई तेस्राे भए। तरकारी बाली समूहमा दिक्तेलकी खिनमाया आचार्य पहिलो, याम्खाका सुरज कुवँर दोस्राे र बाम्राङका शान्तिनारायण जोशी तेस्राे भएका छन्। दलहन-तेलहन तथा नगदेबालीतर्फ निर्मलीडाँडाका लीलाप्रसाद आचार्य पहिलो, दिक्तेलका उमेशचन्द्र आचार्य दोस्राे र दिक्तेलकै गोमा आचार्य तेस्राे, बिबिध समूहमा बुईपाका नन्दप्रसाद घिमिरे पहिलो, बाम्राङका कमल खत्री दोस्राे र पाथेकाका देउकुमार राई तेस्राे भए।
दिक्तेलको हेलिप्याडमा शुक्रबार र शनिबार दुईदिन सञ्चालन भएको बृहत कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा पहिलो, दोस्राे र तेस्राे भएका किसानलाई क्रमशः जनही चार हजार, तीन हजार र दुईहजार नगदका साथमा प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो। यस्तै मुला समूहमा खाल्लेका साबित्रा खतिवडा, रायोसाग समूहमा दिक्तेलकी बिन्दाकुमारी आचार्य, फर्सीतर्फ नेर्पाकी कमला अधिकारी, केरातर्फ बुईपाका शारदा घिमिरे, किवीतर्फ जालपाका रमिला विश्वकर्मा, सूर्यमुखीमा खाल्लेका युवराज खतिवडा, तोरीमा दिक्तेलका देबीमाया खत्री र लसुनमा सोल्माका दिलबहादुर नेवारलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ।
उनीहरूलाई प्रोत्साहन स्वरुव जनही नगद एक हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी आयोजक समितिका संयोजक गंगाबहादुर बिश्वकर्माले बताए। पाँचहजार राशीको उत्कृष्ट स्टलको पुरस्कार सरस्वती माबिका बाली बिज्ञानका बिद्यार्थीले हात पारेको छ।
उत्कृष्ट किसानलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए।यसैबीच कृषि मेला प्रदर्शनीकै अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ दोर्पा चिउरीडाँडाका ६९ वर्षीय किसान सुरमान राईलाई सम्मान गरिएको छ। नगर क्षेत्रभित्रका उत्कृष्ट किसानलाई वार्षिक रुपमा पुरस्कृत गर्ने कार्यक्रम अनुसार २०४४ सालदेखि व्यवसायिकरुपमा अदुवा खेती गर्दैआएका राईलाई नगद २५ हजारका साथमा सम्मानपत्रसहित सम्मान गरिएको हो।
व्यवसायिक रुपमा अदुवा खेती गर्दै आएका राईलाई कृषि मेला प्रदर्शनी समापनको अवसरमा सम्मान गरिएको हो। जिल्लाभर उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवं प्रतिष्पर्धा गराउँदै कृषि पेशालाई प्रोत्साहित गर्नका लागि कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो।
कृषि मेला प्रदर्शनी समापनको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा उत्पादित कृषि उपजको बजारीकरण तथा महिला उद्यमशिलताका लागि नगरपालिका र आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालीबीचमा ६ बुँदे सम्झौता समेत भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।