काठमाडौँ : नेपालले दोस्रो टी–२० खेलमा आयरल्याण्ड ए लाई ७१ रनले पराजित गर्दै २ खेलको शृंखला जितेको छ। आयरल्याण्ड ए ले&nb...
सुरुवातमा गोल गर्न नसकेर आलोचित बनेपनि पछिल्लो समय निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका क्रिश्टियानो रोनाल्डोले युभेन्टसका लागि शनिबार थप दुई गोल गर्न सफल भए। रोनाल्डोको दुई गोलमा युभेन्टसले साम्पडोरियालाई २-१ ले पराजित गर्याे।
राम्रो लयमा रहेका रोनाल्डोले दोस्रो मिनेटमानै गोल गर्दे युभेन्टसलाई सुरुवाती अग्रता दिलाए। उनले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै गोल गरे। खेलको ३३ औं मिनेटमा पाहुना टोलीले बराबरी गोल फर्कायो। कर्नर बलमा एम्रे च्यानले ह्याण्ड गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा साम्पडोरियाका भेट्रान स्ट्राइकर फाबियो क्वाग्लीआरेल्लाले बराबरी गोल गरे।
दोस्रो हाफमा युभेन्ट्सले पनि पेनाल्टीमार्फत नै अग्रता बनायो। ६५ औं मिनेटमा मिरालेम प्यानिचले प्रहार गरेको कर्नरमा साम्पडोरियाका एलेक्स फरारीले ह्याण्ड गरेपछि पाएको पेनल्टीलाई रोनाल्डोले सदुपयोग गरेका थिए।
साम्पडोरियाले दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोगले उक्त गोलले मान्यता पाएन। साम्पडोरियाका रिकार्डो सापोनाराले बराबरी गोल गरेको भन्दै खुसियाली मनाए पनि रेफ्रीले रिप्ले हेरेपछि उक्त गोलको निर्णय उल्टाए।
यस नतिजासँगै युभेन्ट्सले लिगमा अपराजित यात्रा कायम राखेको छ। उसले १९ खेलमा १७ जित र २ बराबरीसहित ५३ अंक जोडेको छ। यता क्रिस्टियानो रोनाल्डोले आफ्नो गोल संख्या १४ पुर्याउँदै लिगमा सर्वाधिक गोलकर्ताका रुपमा शीर्ष स्थानमा पुगेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।