खेलकुद

टोटनह्यामकाे अप्रत्यासित हार, लेस्टर पनि पराजित

पुस १५, २०७५

    टोटनह्याम हस्टपुरलाई इंग्लिस प्रिमियर लिग उपाधिहोडमा गम्भीर धक्का लागेको छ। शनिबार भएको खेलमा टोटनह्याम अन्तिम १८ मिनेटमा वेल्भेससँग ३ गोल खान पुगेपछि ३–१ ले स्तब्ध भयो।

    शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी केहि समयका लागि भएपनि ३ अंकमा सिमित गर्ने ध्याउनमा रहेको टोटनह्याम सुरुवाती अग्रता बनाएरपनि पराजित भयो। पहिलो हाफको २२ औं मिनेटमा हेरी केनको गोलमार्फत अग्रता लिएपनि दोस्रो हाफको अन्तिम समय टोटनह्यामका लागि पिडादायक रह्यो। टोटनह्यामका लागि बोले, जिमेन्जा र हेल्डरले क्रमश ७२, ८३ र ८७ मिनेटमा गोल गरेका थिए। टोटनह्यामले २० खेलबाट ४५ अंक बनाएको छ।

    त्यस्तै प्रिमियर लिग अन्तर्गतनै भएको खेलमा लेस्टरलाई कार्डिफ सिटीले पराजित गर्‍याे। कार्डिफले खेलको अन्तिम मिनेटमा गरेको एकमात्र गोल लेस्टरलाई हराउन पर्याप्त बन्यो। लिगमा लेस्टर सिटी २८ अंकका साथ आठौं स्थानमा रहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]