छापा

नेकपामा प्रचण्ड हाबी

पुस १५, २०७५

    काठमाडौं : नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ‘हाबी’ भएका छन्। बैठक पहिलो दिनदेखि समापनसम्मै प्रचण्ड बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने रक्षात्मक रुपमा प्रस्तुत भए।

    पार्टी एकताको दिन (जेठ ३) ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए। तर, एकतापछि २० मिनेटका दरले सबै स्थायी समिति सदस्यले बोल्ने समय पाएको पहिलो बैठकमा प्रचण्ड एकछत्र ‘हाबी’ देखिएको एक स्थायी समिति सदस्यले बताएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

    दुई धारबाट आएका नेताको प्रस्तुति, हाउभाउ शैली, अभिव्यक्ति एक–अर्को खेमाका नेताहरूलाई बुझ्ने सबैभन्दा महत्वपूर्ण अवसर थियो यो बैठक। तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिएको, सरकारको काम प्रभावकारी बन्न नसकेको भनी नेतृत्वको आलोचना बढिरहँदा स्थायी समिति बैठक बसेको थियो।

    दाहालले बैठकमा आफूलाई सन्तुलित रूपमा प्रस्तुत गरे। त्यसैले उनी नेताहरूको आक्रमणको तारो बनेनन्। बरु उनी असन्तुष्ट नेताको मन जित्न समेत सफल भए। अबको पार्टी नेता आफू भएको सन्देश दिए।

    एक स्थायी समिति सदस्यका अनुसार, दाहालले यो पटकको स्थायी समिति बैठकमा सबै नेताहरूलाई उत्तिकै परिचालनको अवसर पाए। आगामी दिनमा पनि पार्टीभित्रको समीकरणमा आफूअनुकूल राख्न सके दाहाल सफल दरिने ती नेताको बुझाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]