छापा

पूर्वयुवराज पारस जन्मदिन मनाउन एक्लै पुगे चितवन, हिमानीसहित सपरिवार पाेखरामै

पुस १५, २०७५

    काठमाडौं :  आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गर्नुभएका पारस शाहले यो वर्ष अरु साथीहरूसँग मनाउने  भएका छन्।

    शनिवारै चितवन आएका पारसका साथमा राजेश सिह, सितल सिहलगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन्। पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै छन्।  

    पुर्वराजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गरेका थिए। आमा कोमल, श्रीमति हिमानी, छोरीहरु पुर्णिका, किर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससंगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसंग चितवन गएका छन्।' नेपाल समाचारपत्र दैनिकमा खबर छ।

    यही पुस १७ गते अग्रेजी नयाँ वर्ष र छोरा पारसको जन्मदिन मनाउने योजनासहित पुर्वराजाको परिवार पुस २ गतेदेखि पोखरा निर्मल पोखरीस्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा बस्दै आएको थियो। श्रीमानको जन्मदिन मनाउन पुर्व युवराज्ञी हिमानी शाह थाइल्याण्ड बस्दै आएका दुई छोरी र छोरा हृदयन्द्रसहित गएको १० गते पोखरा पुगेकी थिइन्।  यसैबीच पुर्व राजा ज्ञानेन्द्र आज आइतबार देवीको मन्दीरमा पुजाअर्चना गर्न दुलेगौडा जाने कार्यक्रम तय भएको छ। ज्ञानेन्द्र शाह पश्चिमाञ्चललगत्तै माघ पहिलो साता पुर्वाञ्चलको झापा जाने कार्यक्रम तय भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]