खेलकुद

भारतले अष्ट्रेलियालाई तेस्राे टेस्ट सिरिजमा हरायाे, २-१ ले अगाडि

पुस १५, २०७५

    अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत १३७ रनले विजयी भएको छ।

    अस्ट्रेलियाको मेलवर्नमा आज भएको पाँचौ दिनको खेलमा खेलमा भारतले अष्ट्रलियाले बाँकी दुई विकेट लिएपछि  विजयी भयो। पहिलो पालीमा ४३७ रन बनाएको भारतले अष्ट्रेलियालाई १५१ रनमा रोकेको थियो।

    पहिलो पालीमा २९२ रनको अग्रता बनाएको भारतले दोस्रो पालीमा १०६ रन बनाउँदै अष्ट्रेलियालाई ३९९ रनको चुनौती दिएको थियो। जवाफमा अष्ट्रेलियालाई दोस्रो पालीमाभारतले २६१ रनमा समेट्न सफल भयो।

    अष्ट्रेलियाविरुद्ध भारतका रविन्द्र जेडेजा र जसप्रित बुम्रराहले तीन तीन विकेट लिँदा इशान्त शर्मा र मोहम्मद सामीले दुई दुई विकेट लिए। अष्ट्रेलियाका पेट क्यूमिन ६३ रनमा आउट भएसँगै अष्ट्रेलियाको भत्किएको थियो।

    यसैगरी सौन मार्साले ४४ तथा ट्रेभिस हेडले ३४ रन जोडेका थिए। तेस्रो टेस्ट जितेसँगै भारतले सिरिजमा २–१ को अग्रता लिएको छ। अब चौथो टेस्ट जनवरी ३ तारिखदेखि सिड्नीमा शुरुहुने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]