राजनीति

सत्यसँग साइनो नभएका समाचार नलेख्नुस् : उपप्रधानमन्त्री पोखरेल

फाइल फोटो
पुस १५, २०७५

    काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले समाचारको विषयलाई लिएर पत्रकार र संचारमाध्यमहरूको आलोचना गरेका छन्।

    नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा मन्त्री पोखरेलले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री पोखरेलले 'सत्यसँग साइनो नै नभएका समाचार सम्प्रेषण गरेको' भन्दै संचारमाध्यम र पत्रकारहरूको आलोचना गरेका हुन्।

    उपप्रधानमन्त्री पोखरेलले सत्तापक्ष र प्रतिपक्ष बन्ने होडमा जनतालाई गलत सन्देश दिने काम पत्रकारहरूले गर्न नमिल्ने धारणा राखेका थिए। 'जनतालाई सही सूचना दिने भन्दा पनि सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर पत्रकारहरूले हुँदै नभएका कुरालाई समाचार बनाउने गरेको', पोखरेलको धारणा थियो। पत्रकारहरूले सत्तापक्ष र प्रतिपक्ष भइरहन जरुरी नभएको उनको धारणा थियो।

    आफ्ना कमजोरी भए जस्ताकोतस्तै जनतामा सम्प्रेषण गरे आफूले पत्रकारहरूलाई सलाम गर्ने उपप्रधानमन्त्री पोखरेलको धारणा थियो। उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरूले विषयमा आधारित भएर ठिकलाई ठिक भन्न सकेमात्रै जनताले सही सूचना पाउने र त्यसले राष्ट्रको पनि हित गर्ने बताए। उनले सही सूचना नदिए कतिपय अवस्थामा देशले गम्भीर नोक्सान हुने अवस्था आउने तर्क गरेका थिए।

    उपप्रधानमन्त्री पोखरेलले कुन संचार माध्यम र कुन पत्रकारले सत्यसँग साइनो नै नभएका समाचार सम्प्रेषण गरेका थिए भनेर सार्वजनिक गरेनन्। तर, उनको एक अभिव्यक्ति पछिल्लो समय आलोचनामा रहेको छ। उनले एक कार्यक्रममा बलात्कारपछि हत्या गरिएको कंचनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लागेका र सरकारले छिट्टै सार्वजनिक गर्न लागेको बताएका थिए। तर, उनले भनेजस्तो निर्मला हत्यामा संलग्न दोषी पत्ता नलागेपछि उपप्रधानमन्त्री पोखरेलको उक्त अभिव्यक्तिको संचारमाध्यम, संसद र सार्वजनिक रूपमा आलोचना भइरहेको छ। संचारमाध्यम र पत्रकारहरूप्रति उपप्रधानमन्त्री पोखरेलको आलोचना सोही समाचारतर्फ इंगित रहेको बताइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]