स्वास्थ्य

बैतडीमा बढे आँखाका बिरामी

प्रतीकात्मक तस्बिर
पुस १५, २०७५

    बैतडी : पछिल्लो समय बैतडीमा आँखाका बिरामीहरुको संख्या बढ्दै गएका छन्।  सदरमुकामस्थित गोठलापानी र पाटनमा रहेको आँखा उपचार केन्द्रको तथ्यांकअनुसार बैतडीमा आँखाका बिरामीको संख्या बढ्दै गएको हो। 

    आर्थिक वर्र्ष २०७३÷७४ मा एक हजार ७१७ जनाले आँखा उपचार केन्द्र पाटनमा उपचार गराएका छन्। तीमध्ये ९५२ महिला र ७६५ पुरुष रहेको केन्द्रकी नेत्र सहायक लता कार्कीले जानकारी दिइन्। यस्तै, गोठलापानी आँखा उपचार केन्द्रमा दुई हजार २८ जनाले उपचार गराएका छन्। तीमध्ये एक हजार २३४ पुरुष र ७९४ महिला रहेको नेत्र सहायक विनोद कुवँरले जानकारी दिए।

    आर्थिक वर्ष २०७४÷७५ मा पाटनमा दुई हजार ४२८ जना र गोठलापानीमा दुई हजार ९३४ जनाले ले सेवा लिएका छन्। पाटनमा उपचार गराउनेमध्ये एक हजार ३०४ महिला र एक हजार १२४ पुरुष छन्। गोठलापानीमा उपचार गराउनेमध्ये एक हजार ६८७ पुरुष एक हजार २४४ महिला  छन्।

    चालु आर्थिक वर्षको हालसम्म पाटनमा ८८१ जनाले उपचार गराएका छन्। तीमध्ये ४८६ महिला र ३९५ पुरुष छन्। यस्तै, गोठलापानीमा एक हजार २२ जनाले सेवा लिएका छन्।

    पछिल्लो समय दिन प्रतिदिन बढिरहेको प्रदूषण, धुलोधुवाँको कारणले आँखाका बिरामी बढ्दै गएको आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीको बताइन्। उनका अनुसार ग्रामीण भेगका महिलाहरुले पनि धुवाँमा धेरै समय बिताउनुपर्ने भएकाले आँखाको बिरामी हुने गरेका छन्। 

    आँखाको समस्याबाट बच्न धँुवाधुलोबाट बच्ने, आँखाको सरसफाइ ध्यान दिने, मोबाइल, टिभी, कम्प्युटर कम प्रयोग गर्न सुझाव चिकित्सकहरुको सुझाव छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]