मनोरञ्जन

नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म बन्ने, विवेक ओवराय बन्दै मोदी

पुस १५, २०७५

    भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको जीवनमा बनेको 'एक्सिडेन्टल प्राइमिनिस्टर' फिल्मको ट्रेलरले भारतीय राजनीति र समाजमा बहस पैदा गरेको छ। लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको उक्त फिल्मले विवाद ल्याएको हो। भारतीय राजनीति र समाज उक्त फिल्मको ट्रेलरमा देखाइएका दृश्य र संवादका पक्ष र विपक्षमा बहस गरिरहेका छन्।

    यसैबीच भारतका हालका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म बन्ने सार्वजनिक भएको छ। मोदीको वायोपिकको सुटिङ २०१९ मा शुरु हुने बताइएको छ।

    फिल्मको निर्देशन ओमंग कुमारले गर्ने बताइएको छ। मोदीको जीवनमा बन्ने फिल्मको नाम के होला भन्ने निश्चित नभए पनि फिल्ममा मोदीको भूमिका निभाउने कलाकारको नाम भने सार्वजनिक भएको छ।

    भारतीय संचारमाध्यमका अनुसार मोदीको जीवनमा बन्ने फिल्ममा मोदीको भूमिकामा अभिनेता विवेक ओवराय देखिनेछन्।

    फिल्मको सुटिङ दिल्ली, गुजरात, हिमाचंल प्रदेश र उत्तराखंड प्रदेशमा हुने तय भएको छ। समाचारहरूका अनुसार मोदीको भूमिकाका लागि विवेक ओवरायले तयारी पनि शुरु गरेका छन्।

    यसअघी मोदीको भूमिकामा अभिनेता परेश रावलले निभाउने समाचार पनि बाहिर आएका थिए। उनले स्क्रिप्ट पढेर निश्चित गरेको पनि बताएका थिए। तर, पछि त्यो भूमिकामा विवेक ओवराय भित्रिएका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]