काठमाडौँ : लोकेश बमले धुवाँधार ब्याटिङ गर्दै शतक प्रहार गरे पनि नेपाल ए लाई तीन टी–२० खेलको शृंखलाअन्तर्गत आज (शुक्रवार) भएको पहिलो ...
काठमाडाैं : नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान तथा उपकप्तान ज्ञानेन्द्र मल्लले संचालन गरेको काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर (केसिटिसी) ले आफ्नो स्थापनाको १०औं वर्षगाँठ मनाएको छ। केसिटिसीले काठमाडौँमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो १० औं वर्षगाँठ मनाएको हो।
उक्त कार्यक्रममा केसिटिसीले आफ्नो एकेडेमीमा अभ्यास गर्दै यू १६ यू १९ राष्ट्रिय टोली तथा महिला राष्ट्रिय टोलीमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीलाई पनि सम्मान गरेको थियो। त्यस्तै केसिटिसीको स्थापनादेखि हालसम्म सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो।
उनीहरूलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, संचालक ज्ञानेन्द्र मल्ल लगायतले सम्मानित गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।