काठमाडौँ : सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ। मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको ...
जनकपुरधाम : प्रदेश २ को अस्थायी मुकाम जनकपुरधामबाट वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति सेवा पाउन थालेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग मातहतको श्रम तथा रोजगार कार्यालयको आइतबार स्थापना भई सेवा प्रदान गरेपछि यहाँबाटै श्रम स्वीकृति पाउन थालेको हो।
जनकपुरधामस्थित श्रम कार्यालयले प्रदेश २ को ८ वटै जिल्लाका लागि आइतबारदेखि विधिवत रूपमा श्रम स्वीकृति दिने कामको सुरुवात गरेको छ। जनकपुरको क्याम्पस चोक र मुरलीचोकको बीचमा पश्चिमतर्फ रहेको श्रम तथा रोजगार कार्यालयबाट आइतबार बिहान १० बजेबाट श्रम स्वीकृति दिने काम प्रारम्भ भएको विभागका महानिर्देशक उदय प्रसाद गुप्ता बताए।
प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण गर्ने, संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने कार्यतालिमका निर्माण गरिएको निमित महानिर्देशक गुप्ताले जानकारी दिए। आइतबारबाट श्रम स्वीकृतिको काम सुरु हुने भए पछि आफैं जनकपुर स्थित श्रम कार्यालयमा आएका छन्। महानिर्देशक गुप्ताले आजैको मितिबाट प्रदेश २ को जनकपुरधाम र प्रदेश ५ को बुटबालबाट श्रमको पुनः स्वीकृति प्रदान गर्ने काम शुरु भएको जनाए।
उनले भने, ‘अबको एक महिनाभित्र श्रम स्वीकृति सम्बन्धी सबै कामका साथै व्यक्तिगत रूपमा विदेश जाँदा चाहिने अनुमति दिने व्यवस्था प्रदेशबाटै हुनेछ। गन्तव्य देशको नेपाली दूतावासबाट प्रमाणीकरण भएर आएको डिमाण्ड लेटर पनि प्रदेशस्थित श्रम कार्यालयबाट नै जारी हुन्छ।’ अहिले कर्मचारीको अभाव हुनुका साथै वैदेशिक रोजगारी विभागको कामको अभ्यस्तता समेत नभएकाले वैदेशिक रोजगारी विभागको कार्यालयबाट हुने सबै काम सुरु हुन कम्तिमा पनि एक महिना लाग्ने महानिर्देशक गुप्ताले बताए।
यसअघि श्रम कार्यालयले श्रमको आन्तरिक काम, कारखानाको काम, ट्रेड युनियनको काम, बाल श्रमको अनुगमनलगायतका काम मात्रै गर्दै आएकोमा श्रम कार्यालयलाई वैदेशिक रोजगार विभागको काम पनि थपिएको छ। नेपालबाट वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी नागरिक प्रदेश २ बाट रहने गरेका तथ्यांकहरूले देखाएको छ।
यता प्रदेश २ को राजधानी जनकपुरबाटै श्रम स्वीकृति दिने काम शुरु भएपछि सेवाग्राही खुसी भएका छन्। पहिलो सेवाग्राहीको रूपमा श्रम स्वीकृति लिन कार्यालय पुगेका धनुषा बहुअर्बाका मो. जिलेमले काठमाडौंको सेवा अब जनकपुरमा पाउँदा खुशी नहुने कुरै नभएको बताए। ‘म निकै खुसी छु' उनले भने, 'काठमाडौं श्रम स्वीकृति लिन जानुपर्दा निकै कठिनाई र खर्च बेहोर्नु पर्थ्यो। अब त्यो बाट कम्तिमा छटकारा पाइने भो!'
प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ। वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।