समाज

काभ्रेमा हिन्दु विश्वविद्यालय स्थापना हुने

प्रतीकात्मक तस्विर
पुस १५, २०७५

    काठमाडौंः काभ्रेको भकुण्डेबेसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने भएको छ।

    बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयको स्मृतिमा स्थापना गरिएको महामना मालवीय मिशनले आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपालमा पनि हिन्दु विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराएको हो।

    त्यसका लागि जग्गा खरिद प्रक्रिया पूरा गरिएको पनि जानकारी गराइएको छ। कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सो विश्वविद्यालय स्थापनाका लागि आफूले पूरै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

    उनले नेपालको शिक्षाको क्षेत्रमा मात्र नभई नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन पनि सो विश्वविद्यालयको स्थापनाले सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे। अध्यक्ष दाहालले नेपाल हिन्दु विश्वविद्यालयको स्थापनाले नेपालको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याउने पनि स्पष्ट पारे।

    अध्यक्ष दाहालले बनारस हिन्दु विश्वविद्यालयलाई नेपालको शैक्षिक, राजनीतिक क्षेत्रमा ठूलो जागरण ल्याउने सम्मानित विश्वविद्यालयको रुपमा पनि चित्रण गरे। उनले बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीय नेपाल–भारतको मात्रै नभई विश्वकै परिचित विद्धानको रुपमा रहेको उल्लेख गर्दै योगदानलाई नेपालले कहिल्यै बिर्सन नसक्ने पनि बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]