अर्थ

प्रयोगविहीन बधशाला व्यवस्थित बनाउने अभियानमा जुटे जनप्रतिनिधि

पुस १५, २०७५

    भद्रपुर (झापा) : भद्रपुर बजार क्षेत्रका अव्यवस्थित माछा मासु बिक्री वितरण गर्ने व्यवयासीलाई एकद्वार प्रणालीमा ल्याउन बल्ल स्थानीय जनप्रतिनिधि जुटेका छन्। 
    भद्रपुर नगरपालिकाले भद्रपुर ५ स्थित बसपार्क छेउमा संचालनमा ल्याएको पशु बधशाला प्रयोगविहीन अवस्थामा पुगेपछि त्यसलाई प्रयोगमा ल्याउन अव्यवस्थित माछामासु पसललाई भित्र्याउने अभियानमा जनप्रतिनिधि जुटेका हुन्। 

    भद्रपुर ५ वडा कार्यालयले आफ्नो वडा क्षेत्रमा जथाभावी सञ्चालन भइरहेको माछामासु पसललाई बधशाला भित्र्याउने अभियानमा जुटेको हो। वडा कार्यालयकै पहलमा बसपार्क पूर्व रहेको बाङ्गे बजारलाई स्तान्तरण गरी बधशाला भित्र प्रवेश गराइएको छ। पशु बधशालाको नामलाई समेत परिर्वतन गर्दै बाङ्गे मासु बधशाला नामकरण गरिएको छ। गत मंसिर १३ गते पशु बधशाललाई व्यवस्थित गर्ने सन्दर्भमा व्यवयासी हेमबहादुर कार्कीको अध्यक्षतामा ७ सदस्यीय बाङ्गे मासु बधशाला बजार व्यवस्थापन समिति गठन गरिएको थियो। 

    सोही समितिले हप्ताको दुईदिन शनिबार र बुधबार बाङ्गे बजारमा संचालनमा आउने राँगा, सुगुर, बाख्रा, खशी, हाँस, परेवा बिक्री वितरण गर्ने व्यवयासीको पसललाई त्यहाँ हटाएर बधशालामा भित्र ल्याउन सहयोग गरेको छ। दर्जन बढी पसलले आ आफ्नो क्षेत्र छुट्टाएर आफ्नै लगानीमा पसल निर्माण गरी शनिबारदेखि संचालनमा ल्याएको छ। अब पशुबधशाला भित्र एकतिर सुगुर, रागाँको पसल राखिएको छ भने सटरमा कुखुरा र खसीको पसल राखिएको छ। अर्कोतर्फ माछा बिक्री केन्द्र राखिएको वडा अध्यक्ष बन्धु कार्कीले बताए।

    ‘पहिलो चरणमा बाङ्गे बजारभित्र संचालनमा रहेको मासु पसललाई बधशाला भित्र ल्याएका छौं’, वडा अध्यक्ष कार्कीले भने, ‘आफ्नो वडामा जथाभावी चोक/चोकमा सञ्चालन भइरहेको माछा मासु पसललाई पनि बधशाला भित्र ल्याउने अभियानमा छौं।’ उनकाअनुसार यही महिनाभित्र वडानम्बर ५ अर्थात बजार क्षेत्रमा रहेका घुम्ती माछामासु पसलको सूची संकलन गरी बधशाला भित्र पसल लैजान व्यवसायीलाई पत्रचार गर्छौ। त्यसपछि पनि व्यवयासीले वडाको पत्र विपरित पसल सञ्चालन गर्छन् भने त्यस्ता व्यवयासीको पसल चोकहरूबाट हटाउँछौं उनले भने।

    फ्रेस हाउसको मापदण्ड अनुसार माछामासु बिक्री केन्द्र खोल्ने व्यवयासीको हकमा नगरपालिको अनुमति दिएपछि मात्र खोल्न पाइने उनले बताए। यस अभियानमा सहयोग पुर्‍याउने भद्रपुर नगरपालिकासहित छिमेकी वडा कार्यालयहरूलाई पनि उनले आग्रह गरेका छन्। प्रदेश सरकारले बधशाला शीर्षकमा छुट्याएको बजेटबाट बधशालालाई अझैं व्यवस्थित बनाउन नगरपालिका लागि पर्ने भद्रपुर नगरका उपप्रमुख चन्द्रमाया श्रेष्ठले बताइन्।

    एकद्वार प्रणालीबाट माछामासु बिक्री केन्द्र सञ्चालन गर्न सकिए नगरबासीले स्वच्छ र सफा माछामासु खान पाउनुका साथै सरसफाइमा पनि सहयोग पुग्ने उनले बताइन्। यस अभियानलाई सफल बनाउन भद्रपुर नगरपालिकाले पनि साथ दिने उनको भनाई छ। त्यस्तै बाङ्गे मासु बधशाला बजार व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर कार्कीका अनुसार अब बधशालालाई व्यवस्थित बनाउन समिति लागि पर्नेछ। ‘अहिले व्यवयासीले आफ्नै लगानीमा पसल बनाउनुका साथै खानेपानी, शौचालयको निर्माण गरेको छ’, उनले भने, ‘बधशालालाई नगरकै नमुना बनाउन भद्रपुर नगरपालिकाको सहयोग आवश्यक छ।’ 

    नगरपालिकाको १९ कठ्ठा जग्गामा बधशालामा निर्माणमा एक करोड एकलाख ३२ हजार ३४० रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ। २०६७ चैतमा कृषि तथा सहकारी मन्त्रालय अन्तरगत पशुपंक्षीबजार प्रवर्द्धनबाट ३८ लाख, तत्कालीन स्थानीय विकास मन्त्रलायको जगेडा कोषबाट ४६ लाख र नगरपालिकाको आन्तरिक स्रोतबाट १५ लाख गरी एक करोड एकलाख ३२ हजार ३४० रुपैयाँमा बधशाला निर्माण भएको हो।

    २०७० असारमा सञ्चालन आउनुपर्ने बधशाला तीनवर्ष अघि मात्र संचालनमा आएको थियो। बधशालामा १० वटा सटर भएपनि अहिले नगरको चोक/ चोकमा घुम्ती माछा मासु पसल छयापछ्याप्ती रहेको छ। ती घुम्ती पसलहरूलाई बधशाला भित्र ल्याउन बधशाला भित्रका व्यवसायीले नगरपालिकाका जनप्रतिनिधि समक्ष माग राखेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]