काठमाडौँ : आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेका २ निर्वाचन क्षेत्रमध्ये इलाम–२ अहिले चर्चा र चासोको केन्द्रमा छ। संविधानसभ...
कञ्चनपुर : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्यामा संलग्न जोसुकै भए पनि नछाडिने बताएका छन्। आइतबार कञ्चनपुर आइपुगेका खनालले अनुसन्धानको कार्य कसैको दवाव, प्रभावमा नभइरहेकाले निष्पक्ष रुपमा अनुसन्धानको कार्य अगाडि बढेको बताए।
शंकाको घेरामा आएका साना ठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उनले बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा महिला अधिकारकर्मीसँग छलफल गर्दै खनालले दोषी उम्कन नपाउने बताए। 'निर्दोष फस्दैन ढुक्क भए हुन्छ’ उनले भने। यस घटनालाई निकै गम्भीर रुपमा लिएको चर्चा गर्दै उनले निकै गहन रुपमा अनुसन्धान भइरहेको बताए। 'सबै सँगसँगै जान खोजेका छौं' उनले भने, ‘सबैको सहयोग चाहिन्छ।’ ‘महिला बालबालिका, ज्येष्ठ नागरिकलाई विशेष रुपमा हेरेका छौं। ७५ वटै जिल्लामा सेल गठन भइरहेका छन्’ उनले भने।
मिडियाको पनि सहयोगको अपेक्षा गरिएको उनले बताए। प्रहरीको उच्चस्तरीय छानविन समितिले दोषी देखाइएका प्रहरीलाई कारवाहीको दायरामा ल्याउने उनले बताए। 'प्रतिवेदन अध्ययन पछि केहीलाई विभागीय कारवाही भएको छ' उनले भने, ‘केहीलाई कारवाही प्रक्रिया अगाडि बढाउने कार्य अघि बढेकाेछ।’
नागरिक संघर्ष समितिका अध्यक्ष मीना भण्डारीले गरिव निमुखा, सोझा साझालाई मात्रै पक्राउ गर्दै आएकाले समाजमा प्रहरी प्रतिको सोच अर्कै भएको बताइन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।