विश्व

कोलम्बियाका राष्ट्रपतिको हत्या प्रयास

पुस १५, २०७५

    कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ। कोलम्बियाका विदेशमन्त्रीले भेनेजुयलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गरेका हुन्।

    उनले हत्या गर्न लागेको अभियोगमा तीन जना भेनेजुयलाका नागरिकलाई पक्राउ गरिएको पनि जानकारी दिए। 'विगत केही महिनादेखि उहाँको हत्या गर्ने प्रयास भइरहेको गुप्तचरले पुष्टी गरेका छन्,' विदेश मन्त्री कार्लोस होल्मसले भने।

    पक्राउ परेकाबाट घटनाका बारेमा अनुसन्धान कार्य जारी रहेकाले थप विवरणहरू पछि सार्वजनिक गरिने उनको भनाइ छ। राष्ट्रपति इभानलाई भित्री तथा बाहिरी पत्रबाट सुरक्षा चुनौती रहेको पनि उनले बताए। बोगोटा र काराकासबीचको तनाब बढ्दै गइरहेका बेला कोलम्बियाको तर्फबाट यस्तो अभिव्यक्ति आएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]