स्वास्थ्य

उप्रधानमन्त्री यादवको गृहजिल्लामा सर्जरीसहितको निःशुल्क स्वास्थ्य शिविर

पुस १५, २०७५

    काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनासँगको सहकार्यमा सप्तरीस्थित राजविराजमा सर्जरीसहितको नि:शुल्क स्वास्थ्य शिविर राख्ने तयारी गरेको छ। स्वास्थ्यको सूचांकमा निकै पछि परेको सप्तरीको राजविराजमा आगामी फागुनको पहिलो साता बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो। सो क्षेत्र उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निवाचन क्षेत्र पनि हो।

    आधारभूत स्वास्थ्य परीक्षणदेखि जटिल प्रकारको सर्जरीसमेत शिविरस्तलमै गरिने स्वास्थ्य मन्त्रायलका नीति योजना महाशाखाका प्रमुख डा विकास देवकोटाले बताए। उनका अनुसार शिविरको लागि हाल मन्त्रालयले तीव्र तयारी गरेको छ। प्रमुख देवकोटाले आगामी फागुनको पहिलो साता राजबिराजमा हुने निर्णय भए पनिर बजेटको भने टुंगो लागिनसकेको बताए। ‘सेनासँगको सहकार्यमा गौरमा जस्तै यसपाली राजविराजमा शिविर राख्ने योजनामा मन्त्रालय छ', उनले भने, 'बजेटको भने टुंगो लागिसकेको छैन, तर, स्थान छनोट गर्न मन्त्रालयको टोली केही दिनमै राजविराज जाँदैछ।'

    मन्त्रालयले पूर्वस्वास्थ्य मन्त्री गगन थापाका पालमा सेनाकै सहकार्यमा रौतहटको गौरमा पनि यस्तै शिविर सञ्चालन गरेको थियो। दुई वर्षअघि मध्यतराईका बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सप्तरी, सिरहा, मकवानपुर र सिन्धुलीसहित १० जिल्लाका जनतालाई लक्षित गरी गौरमा शिविर सञ्चालन गरिएको थियो। सो शिविरमा नेपाली सेनाले मोबाइल कन्टेनर जोडेर फिल्ड अस्पताल सञ्चालन गरेको थियो भने स्वास्थ्य मन्त्रालयले आवश्यक औषधि तथा चिकित्सक सहयोग गरेको थियो। सो शिविरमा हाइड्रोसिलका पुरुष तथा आङ खसेका महिलाको निःशुल्क सर्जरीसमेत भएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]