समाज

सल्यानमा यात्रुबाहक बस दुर्घटना, पाँच महिला घाइते

पुस १५, २०७५

    सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोला वजारमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। नेपालगञ्जबाट पश्चिम रुकुम चौहरजहारीका लागि छुटेको ना ४ ख ७१४६ नम्बरको बस आइतबार दिउँसो पल्टिँदा पाँच महिला घाइते भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ।

    घाइते हुनेमा सल्यानको कुमाख गाउँपालिका-५ निवासी दिलमाया रोकाय, बन्गाड कुपिण्डे  नगरापालिका वडा- ५ निवासी १३ वर्षीया रीता नकाल, रुकुम चौहरजारी–१ निवासी ३१ वर्षीया प्रेमकला न्यौपाने, चौहरजारी–५ निवासी २६ वर्षीया प्रमिला पुन, सोही स्थानकी ३८ वर्षीया मीना मल्ल घाइते भएका छन्। घाइते सबैको उपचार सल्लिवजारको मेडिकलमा भइरहेको इलाका प्रहरी कार्यालय सल्लीका इन्चार्ज सई शुसिल रावलले जानकारी दिए।

    ४० जना यात्रु बोकेको सिस्ने हिमाल यातायातको वस नालीमा पल्टेको र गाडी चालक भने फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]