स्वास्थ्य

ओखलढुंगामा चिसोका बिरामीको संख्या दोब्बर

पुस १५, २०७५

    ओखलढुंगा : जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेको छ। केही दिनयता चिसो बढेसँगै जिल्लाका स्वास्थ्य संस्थाहरूमा चिसोका बिरामी बढेका हुन्।

    सदरमुकामनजिक रहेको ओखलढुंगा सामुदायिक अस्पतालमा तीनदेखि बिरामीको चाप ह्वात्तै बढेको अस्पतालका तथ्यांक अधिकृत फणिन्द्रबहादुर दानीले बताए। दानीका अनुसार अस्पतालमा दैनिक १०० बिरामी ओपीडीमा आउने गरेका भए पनि शुक्रबार देखी २५० देखि  २७५ बढी बिरामी आएका छन्। बुक्रबार देखी जिल्लामा चिसो बढे पछि चिसोका बिरामी आउने गरेको उनको भनाई छ।

    बिरामीमध्ये रुघाखोकी, ज्वरो, दम र निमोनियाका बढी भएको अस्पताल स्राेतले जनाएको छ।  त्यस्तै गरी जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगामा दैनिक १५ देखि २० जना बिरामी आउने गरेको भए पनि तीन दिनदेखि अस्पतालमा दैनिक ७० जनाभन्दा बढी बिरामी आउने गरेका सिनियर अनमि कल्पना सुनुवारले बताइन्। यस्तै खिजीदेम्वा गाउँपालिकाको भुसिंगा, रावादोलु, खिजिफलाटेमा चिसोका बिरामी बढेका छन्।

    चिसोबाट बच्न न्यानो लुगा लगाउन, तातो ठाउँमा बस्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्। साथै अनावश्यक रुपमा बाहिर हिँडडुल नर्गन पनि सुझाव दिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]